+
+
Shares

अक्षयदेखि सैफसम्म, पत्नीको शंकाले सधै हैरान

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १४ गते १५:३०

akshya-and-saif-with-wife

बलिउड स्टारका पत्नीहरु आफ्ना पति माथि शंका गर्छन् । यो कुरा सुनेर तपाईँलाई आश्चर्य लाग्ला । तर सत्य यही हो । विश्वसुन्दरी ऐश्वर्या राईदेखि अन्य विवाहित नायिकाहरुले पतिमाथि शंका गर्दै निरन्तर निगरानी गर्न गरेका छन् ।

पति अभिषेक फिल्म सुटिङमा ब्यस्त रहेका बेला पनि ऐश्वर्याले निगरानी गर्न छोड्दिनन् । ऐश्वर्यामात्र होइन अभिषेकले पनि पत्नीका गतिविधिबारे चासो राख्दै निगरानी गर्ने गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

चाहे ऐश्वर्या विदेशमा फिल्म सुटिङमा ब्यस्त हुन् या चाहे बेलायतमा हुने फेसन शोको कार्यक्रम, यति मात्र होइन च्यारिटी कार्यक्रममा सहभागी भएका बेला पनि अभिषेक, ऐश्वर्या एक अर्काले निगरानी गर्दै आएका छन् ।

कपुर खानदानबाट विहे गरेर नवाब खानदानमा पुगेकी बलिउडकी अर्की स्टार करिना कपुरलाई बोल्ड अभिनेत्रीका रुपमा लिइन्छ । कहिलेकाहीँ उनी पनि स्टार पत्नीका रुपमा देखिने गरेकी छन् । पति सैफ अली खानको सुटिङ्गका समयमा करिना प्रायजसो पतिकै साथमा हुन्छिन् । सैफले दीपिका पादुकोणसँग फिल्म सुटिङ गरेको समयमा त करिनाले छोड्दै छोडिनन् ।

ऐश्वर्यादेखि करिना मात्र होइन, बलिउडका धेरै विवाहित अभिनेत्रीहरु आफ्ना पतिलाई थोरै मात्र पनि दायाँ बायाँ गर्न दिँदैनन् । चलचित्र ‘अन्दाज’को छायांकनको समयमा पति अक्षय कुमारलाई नायिका ट्विंकल खन्नाले खुबै पछ्याएकी थिइन् । यतिसम्म कि, छायांकन समयमा नायिका प्रियंका चोपडासँग अक्षयको प्रेम सम्बन्धको चर्चा पनि चल्यो । जसका कारण ट्विंकल खाना लिएर छायांकनमा पुग्ने गर्थिन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?