Comments Add Comment

सुनकोसीको पहिरोले भन्सार राजस्व प्रभावित

Tato-pani-sadak-6

१९ साउन, सिन्धुपाल्चोक । राम्चेको जुरेमा शनिबार गएको पहिरोले सुनकोसी नदी थुनिएर अरनिको राजमार्ग अवरुद्ध भएपछि चीनबाट आयात भएका करोडौँ मूल्यका सामान अलपत्र भई राजस्व घाटा भएको छ ।

पहिरोले अरनिको राजमार्गको करिब डेढ किलोमिटर सडक पूर्णरुपमा क्षति भएपछि यातायातमा अवरोध उत्पन्न भई राजस्व सङ्कलनमा करोडौंको घाटा भएको हो । चालु आवका लागि ६ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको सो नाकाबाट दैनिक एक करोड रुपैयाँ राजस्व सङ्कलन हुँदै आएको छ ।

दशैंको सामान भित्रिने समय भएकाले हाल दैनिक दुई करोड ५० लाख रुपैयाँसम्म राजस्व सङ्कलन हुने तातोपानी भन्सार प्रमुख मिमांश अधिकारीले बताउनुभयो । सडक बन्द भएका कारण खासाबाट सामान भरिएका ४०/४५ वटा कन्टेनर भ्यान भन्सार परिसरमा रहेको र अरु २०/२५ वटा कन्टेनर भ्यान खासा क्षेत्रमा रहेकोसमेत उनले जानकारी दिए ।

‘पहिरोले थुनिएर तलाउ बनेको सुनकोसीको पानी नघटेसम्म पैदल बाटोसमेत नखुल्ने भएकाले अहिले यसबारेमा सोच्नै सकिँदैन’ उनले भने- ‘पछि कुनै विकल्प निस्कन्छ कि भन्ने आशा गरेको छु ।’

पहिरोकै कारण क्षेत्र नं १ र २ का ५५ गाविसमा विद्युत् र टेलिफोन लाइन बन्द भएपछि सञ्चार सम्पर्कसमेत विच्छेद भएको छ । विद्युत्को अभावमा चार्ज गर्न नपाएपछि मोबाइल सेट बन्द भएको र पहिरोले काठमाडौँदेखि खासासम्म बिछयाइएको अप्टिकल फाइभरको लाइन क्षतविक्षत भएको बताइन्छ ।

तातोपानी नाका भएर अरनिको राजमार्ग हुँदै माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाका लागि चीनबाट सामान लिएर आएको १०/१२ वटा ट्रकसमेत बीच बाटोमा रोकिएर बसेको तातोपानी गाविस निवासी समाजसेवी बहादुर शेर्पाले बताए । बाटो अभावले बाह्रबिसेलगायत तातोपानी क्षेत्रका करिब दुई दर्जन बासिन्दा तल आउन र यताका बासिन्दाहरु माथि जान नसकेको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment