Comments Add Comment

दिसाको गन्ध, रङ, आकार तथा तौलले बताउँछ तपाइँको स्वास्थ्य

poopविज्ञहरुका अनुसार राम्ररी दिसा नखुलेको दिन जिउको स्वास्थ्यमा बाधा उत्पन्न हुन्छ । साथै पेटको चाल मानिसको मानसिक स्वास्थ्यको समेत सूचक भएको बताइन्छ । पेट पोल्ने, कब्जियत तथा झाडापखाला जस्ता पेटजन्य समस्याले मान्छेमा तनाव सिर्जना गर्छन् । अनियमित शौच तथा पेट र शौचको गडबडीलाई सामान्य रुपमा लिने गरिन्छ । तर दिसाको आकार, प्रकार, रंग तथा शौचको नियमितता जस्ता कुरा मानिसको स्वास्थ्यसँग प्रत्यक्ष रुपमा जोडिएका विभिन्न अनुसन्धानबाट पुष्टि भएको छ ।
मानिसले एक दिनमा कति दिसा गर्ला ? विज्ञहरुका अनुसार एक वयस्क मानिसले एक दिनमा ३ सय देखि ३ सय ५० ग्राम सम्म दिसा गर्नु राम्रो हो । दिसा कोमल, चिल्लो तथा गठिलो हुनुपर्छ । दिसा गर्दा एकैचोटी लिँडी खस्नुपर्छ । थोरै थोरै पित्को आउने र लामो समय बस्दा पनि पूरा दिसा ननिखिर््रझैँ लाग्नु कब्जियतको लक्षण हो । साथै निकै मसिनो तर लामो थागोजस्तो दिसा आउनु पनि कब्जियतको लक्षण हो । कब्जियतका बेला दिमागी तनाव बढ्छ र यो बेला गुद्वार क्षेत्रका मांशपेशी राम्रोसँग खुल्दैनन् जसका कारण दिसा मज्जाले बाहिर आउन पाउँदैन ।
दिसाको आकार पनि अर्थपूर्ण हुन्छ । कुनै आकार नै नभएको, निकै फितलो तथा टाँसिने खालको दिसा आउनु भनेको सरीरको पाचन प्रणाली गडबड हुनु हो । यस्तो आकारहीन तथा फितलो र टाँसिने दिसा आयो भने बुझ्नुपर्छ खानामा भएको पौष्टिक तत्व सरीरले पूरै लिन सकेको छैन । यो समस्याले सरीरमा भिटामिन, आइरन तथा क्याल्सियमको कमी पैदा गर्दछ ।
दिसाको रंग पनि निकै अर्थपूर्ण हुन्छ । हामीले खाएको खान १-२ दिनमा दिसा बनेर मलद्वारबाट बाहिर निस्किन्छ । यदि पेटमा गडबडी छ भने खाएको खान दिसा बन्न तुलनात्मक रुपमा कम समय लाग्छ र दिसामा केही हरियो दाग देखिन्छ । सामान्यतया दिसाको रंग भनेको हल्का खैरो हुन्छ । लामो समयसम्म कालो तथा गाढा दिसा आयो भने आन्द्रामा रगत बगेको छ भन्ने बुझ्नुपर्छ । यसो हुनु क्यान्सरको लक्षण पनि हुनसक्छ । त्यसकारण सचेत भएर जँचाइहाल्नुपर्छ । सेतो खालको दिसा आउनु भनेको कलेजोको रोग तथा पित्तको खराबीको संकेत हुनसक्छ । पहेँलो खालको दिसा आउनु सरीरमा चिल्लो अपच हुनु हो ।
दिसा गन्हाउनु सामान्य कुरा हो । पेटमा भएका असंख्य ब्याक्टेरियाका कारण दिसा गन्हाउँछ । त्यसैले दिसा गन्हाउनु भनेको पेट स्वस्थ छ भन्ने मानक पनि हो । तर यदि सहनै नसकिने गरी तथा केही कुहिएजस्तै गरि दिसा गन्हाउँछ भने त्यस्तो मानिसको आन्द्राले कार्बोहाइड्रेट र प्रोटिन शोषण गर्न नसकेको बुझ्नुपर्छ ।
हरेक विहान उठ्ने बित्तिकै दिसा गर्नुपर्छ । तर कतिपयले बिहानको चिया खाइसकेपछि वा खाना खाइसकेपछि पनि दिसा गर्ने गर्छन् । कहिले बिहान, कहिले दिउसो तथा कहिले बेलुकी अनियमित दिसा गर्नु हुँदैन । अनियमित रुपमा दिसा लाग्नु पेटको खराबीको लक्षण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment