Comments Add Comment

फेरी सुरु भयो पर्यटन बोर्डको भ्रष्टाचार छानविन

२१ साउन, काठमाडौं । पर्यटन बोर्डमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न गठित समितिले आफ्नो जिम्मेवारी पुरा गर्न थप समय पाएको छ । समितिले भदौ १५ गतेसम्म बोर्डमा भएका सबै शंकास्पद गतिविधिहरु छानविन गरी सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने छ ।

मुलुकभरका पर्यटन व्यवसायीहरुले बोर्डमा व्यापक भ्रष्टाचार र अनियमितता भएको भन्दै आन्दोलनमा उत्रिएपछि मन्त्रालयले सह-सचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा ‘पर्यटन बोर्ड छानविन समिति’ गठन गरेको थियो । त्यतिबेला बोर्डको असहयोगका कारण समितिले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निभाउन सकेको NTB-Buildingथिएन ।

समितिलाई आफ्नो जिम्मेवारी पुरा गर्न समय थप गरिएको पत्र संयोजक भट्टराईले बुधबार दिउँसो बुझिसकेका छन् । आजैदेखि समितिले आफ्नो काम सुरु गर्ने बताइएको छ । यहि विषयमा छलफल गर्न ५ बजे समितिको बैठक समेत बस्दैछ ।

छानविनका लागि बोर्डबाट आवश्यक कागजपत्र नपाउँदा आफ्नो मिसन पुरा हुन नसकेको समितिले त्यतिबेला बताएको थियो । छानविन समितिले आफ्नो काम गरिरहेका बेलामा अख्तियार दूरुपयोग अनुसन्धान आयोग आफैले बोर्डको छानविन सुरु गर्‍यो । यहि मौका छोपी नियमितताका मूख्य आरोपी सुवास निरौलाले सबै कागजात अख्तियारले लगेको भन्दै छानविन समितिलाई दिएनन् ।

बोर्डको कामु कार्यकारी प्रमुख रहेका निरौलले अख्तियारलाई झुटा कागम दिएर झुक्काएको पर्यटन व्यवसायीले आरोप लगाएका थिए । छानविनको क्रममा निरौलाले पठाएका कागपत्र अस्पष्ट भेटिएपछि खख्तियारले आफै छापा मारेर करिव ३ सयवटा कागजपत्र लगेको थियो ।

सबैसँग सहयोगको अपेक्षा

यस पटक सरोकारवाला सबैले सहयोग गरेमा पर्यटन बोर्डमा भएका गतिविधिहरु दुधको दुध पानीको पानी गराइदिने अठोट छानविन समितिले लिएको छ । कागजपत्र अख्तियारमा भएकोले समितिले त्यहाँ पनि छलफल गर्ने भएको छ । पर्यटन बोर्डबाट आवश्यक डकुमेन्ट लिएर त्यहिँबाट छानविन सुरु गर्ने तयारीमा समिति रहेको बुझ्नमा आएको छ ।

छानविन समितिले आवश्यक डकुमेन्ट पाएमा मात्र आफ्नो जिम्मेवारी पुरा गर्न सक्ने हो । यसका लागि समितिले सबैभन्दा पहिला कागजात हात पार्न कोशिस गर्ने छ । समितिले बोर्डमा खर्च प्रणाली कस्तो रहेको छ, आर्थिक विनियम कसरी बनाइयो भन्ने विषयमा छानविन गरी यहाँ यो-यो त्रुटि छन भनेर प्रतिवेन सरकारलाई बुझाउने हो ।

तर, छानविन समितिमा पर्यटन व्यवसायी र सरोकारवालाहरुले ठूलो अपेक्षा राखेको समितिका सदस्यहरु बताउँछन् । उनीहरुले आफुहरुको काम छानविन गरी प्रतिवेदन तयार गर्नेमात्र भएको हुँदा धेरै अपेक्षा नगर्न आग्रह समेत गरेका छन् । इमान्दारिपूर्वक बोर्डका गतिविधि छानविन गरी सत्य तथ्यमात्र बाहिर ल्याउन कुनै कसर बाँकी नराख्ने पनि उनीहरुले स्पष्ट परोका छन् ।

यस पटक पनि समितिलाई छानविनमा समस्या पर्ने स्पष्ट देखिएको छ । तर, पहिला भन्दा अहिले छानविन समितिले थप अधिकार प्राप्त गरेको हुँदा केही छानविनमा केही सहज हुने आंकलन पर्यटन व्यवसायीहरुले गरेका छन् ।

छानविनको क्रममा अवरोध तथा प्रमाण नष्ट हुने अवस्था आएमा समितिले उक्त अवरोध हटाउन मन्त्रालयमा सिफारिस गर्न सक्छ । यस्तो बेलामा मन्त्रालयले पूर्ण सहयोग गरेमा समितिलाई आफ्नो काममा सहजता मिल्ने व्यवसायीहरु बताउँछन् । उनीहरुले छानविन समितिलाई पूर्ण सहयोग गरी सत्य तथ्य बाहिर ल्याएर भ्रष्टाचारीहरुलाई कारबाही गर्न मन्त्रालयले सहयोग गर्नुपर्ने मागसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment