+
+
Shares

सुनकोशी पीडितलाई हानको ५१ हजार सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २१ गते १६:१०

HAN-Logo२१ साउन, काठमाडौं । सिन्धुपाल्चोकका पहिरो पीडित परिवारलाई होटल संघ नेपाल (हान)ले ५१ हजार रुपैयाँ राहत उपलब्ध गराएको छ । संघले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक मार्फत राहत रकम उपलब्ध गराएको हो ।

संघले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको नेपाल बैंक लिमिटेडमा रहेको खातामा उक्त रकम जम्मा गरिदिएको छ ।

होटल संघ नेपालका सदस्य होटलहरुबाट विस्थापित परिवारलाई कम्बल, तन्ना तथा खानेकुरा संकलन गर्ने काम पनि तीब्र गतिमा भइरहेको बताइएको छ । पाँच दिनभित्र उक्त सामाग्रीहरु संकलन गरी जिल्ला प्रशासक कार्यालय सिन्धुपाल्चोकलाई हस्तान्तरण गर्ने संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?