Comments Add Comment

आन्तरिक हवाईयात्रु घट्दै, अन्तराष्ट्रियमा बढ्दै

काठमाडौं । नेपाली आकाश हुँदै अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रुहरुको संख्या बढिरहेको भएपनि आन्तरिकतर्फ भने पछिल्लो समयमा यात्रु संख्या घट्न थालेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आन्तरिक हवाईयात्रा र अन्तराष्ट्रिय हवाईयात्राको बृद्धि बिपरित देखिएको छ ।

अन्तराष्ट्रियतर्फ सन् २०१४ को पहिलो तीन महिनामा ८ लाख ३२ हजार ९ सय ४४ जना यात्रुहरु त्रिुभवन विमानस्थलबाट आवतजावत गरेका छन् । २०१२ र २०१३ को पहिलो तीन महिनामा त्रिभुवन विमानस्थलबाट क्रमशः ७ लाख १७ हजार १८२ र ७ लाख ५४ हजार ७५४ जना यात्रुहरु आवतजावत गरेका थिए ।

Air Data International

कार्यलयका अनुसार चालु वर्षको जनवरीमा २ लाख ६६ हजार ३ सय ११ जना यात्रुहरु ओहोर दोहोर गरेका छन् । जसमध्ये १ लाख ४० हजार १३९ जना यात्रु बाहिरिएका थिए भने १ लाख २६ हजार १७२ यात्रु नेपाल भित्रिएका थिए ।

२०१२ र २०१३ को जनवरीमा क्रमशः २ हजार ४५ हजार १३८ र २ लाख ३० हजार ६८१ यात्रु आवतजावत गरेका छन् । फेबुअरी र मार्चमा पनि अघिल्ला दुई वर्षको तुलनामा बढी यात्रुहरु आवतजावत गरेका छन् ।

फेबुअरीमा २ लाख ६१ हजार ७६३ जना यात्रु आवतजावत गरेकोमा १ लाख ३४ हजार २८८ जना यात्रुले नेपाल छाडेका थिए भने विदेशीएका थिए भने १ लाख २७ हजार ४७५ यात्रु नेपाल आएका थिए ।

मार्चमा यात्रु संख्या बढेर ३ लाख ४ हजार ८७० पुगेका छन् । यस महिना १ लाख ६२ हजार ४६५ यात्रु बाहिरिए भने १ लाख ४२ हजार ४०५ यात्रु नेपाल भित्रिए ।

उडान संख्या पनि बढ्यो

कतिपय अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान सुरु गरेको र कतिपय कम्पनीहरुले उडान थपेपछि यस वर्ष उडान संख्या बढेको छ ।

सन् २०१४ को जनवरीमा त्रिभुवन विमानस्थलमा २ हजार १ सय २६ पटक उडान अवतरण भएको छ भने फेबुअरीमा १ हजार ९ सय १३ र मार्चमा २ हजार १ सय १२ पटक उडान अवतरण भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । यो संख्या २०१२ र २०१३ को तुलनामा झण्डै २ सयले बढी हो ।

आन्तरिकतर्फ घट्दो

Air Data domestic

बढ्दो हवाई दुर्घटना र दुर्गमसम्म फैलिएको सडक सञ्जालका कारण आन्तरिक उडानमा यात्रुहरु घटेका हुन् । अध्यागमन कार्यालयका अनुसार सन् २०१४ को पहिलो तीन महिनामा ३ लाख ३२ हजार ८ सय ५३ यात्रुहरुले आन्तरिक उडान गरेका छन् । जबकी अघिल्ला वर्षहरु २०१३ र २०१२ को यसै अवधिमा क्रमशः ३ लाख ६० हजार ८ सय ७० र ३ लाख ९६ हजार ८६ जना यात्रुले यात्रा गरेका थिए ।

तीन वर्षको तथ्यांकलाई हेर्दा पछिल्ला वर्षहरुमा हवाई यात्रा गर्ने यात्रुहरुको संख्या घट्दै गइरहेको छ । आन्तरिक उडानमा प्रयाप्त जहाज नहुनु, भएका पनि दुर्घटनामा परेर सकिनु, सर्वसाधारणले हवाई भन्दा सडक यात्रालाई रोज्नुले पनि यात्रु संख्या घटेको हुनसक्ने अनुमान गरिएको छ ।

सन् २०१२ को तुलनामा ०१३ मा यात्रु संख्या घटेको देखिएको छ भने ०१३ को तुलनामा ०१४ मा यात्रुसंख्या घटेको देखिन्छ । यस अवधिमा जहाजहरुको उडान संख्या समेत घटेको छ ।

विगत तीन वर्षको पहिलो तीन महिनाको उडान संख्या हेर्दा विस्तारै घट्दै गइरहेका छन् । सन् २०१२ को जनवरीमा ५ हजार १३६ पटक जहाजहरु आन्तरिक उडान अवतरण गरेकामा २०१३ मा घटेर ४ हजार ३१७ पटक र २०१४ मा ४ हजार ११६ पटक उडान अवतरण गरेका छन् ।

त्यस्तै, यस वर्षको फेबुअरी महिनामा जहाजहरु ४ हजार ३ सवय ६७ पटक उडान अवतरण गरेका छन् । जुन उडान संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा कम हो । मार्च महिनामा पनि अघिल्ला वर्षको तुलनामा कम ६ हजार २ सय १२ पटक जहाजहरु उडान अवतरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment