Comments Add Comment

नेपालमा औद्योगिक पार्क खोल्ने चिनियाँ लगानीकर्ताको प्रस्ताव

ramsaran

२६ साउन, बेइजिङ । चिनियाँ लगानीकर्ताहरुले नेपालमा विशेष औद्योगिक पार्क स्थापना गर्ने इच्छा देखाएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. रामशरण महतसँग चिनियाँ लगानीकर्ताहरुले यस्तो इच्छा व्यक्त गरेका हुन् । पाँचखाल, बुटबल वा चोभारमध्ये कुनै एक ठाउँमा यस्तो पार्क निर्माण गर्न सकिने एक चिनियाँ उद्योगीले प्रस्तावसमेत गरे ।

अर्थमन्त्री महतले चिनियाँ प्रस्तावको स्वागत गर्दै नेपालमा लगानी बढाउन आग्रह गरे ।  कम विकसित देश भएकोले नेपालले अमेरिका, युरोप तथा अन्य देशको बजारमा पनि भन्साररहित सुविधा पाउने हुँदा ती ठूला बजारमा पहुँच पाउन नेपाल लगानी गर्न उत्तम ठाउँ भएको बताए ।

महतले आफ्नो भ्रमणले दुई मुलुकबीचको सम्वन्धमा बहुआयमिक सकारात्मक प्रभाव देखिने दाबी गरेका छन् । बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहमा बोल्दै उनले भने -चीनसँग उच्चस्तरमा दोहोरो कुराकानी नभएको लामो समय भएको थियो । अर्थमन्त्री र वाणिज्यमन्त्रीसँग भएको कुराकानीपछि उत्साहित भएको छु ।’

दुई देशबीचका व्यापारिक समस्याहरु सुल्झाउन, नेपालको निर्यात बढाउन, नेपालमा लगानी बढाउन, नेपालको समग्र विकासमा चिनियाँ सहयोग जुटाउन र चीनको प्रगतिका पाठ सिकेर अघि बढ्न नेपाललाई ठूलो मद्दत मिलेको महतको बताए । चीनका अर्थमन्त्री लाउ जिबेको निमन्त्रणामा भ्रमणमा गएका मन्त्री महतले चिनीयाँ अर्थमन्त्री र वाणिज्यमन्त्री गाओ होचेङसँग भेटघाट तथा छलफल गरेका थिए ।

नेपालमा भइरहेको आर्थिक सुधार कार्यक्रमलाई चिनियाँ नेताहरुले सकारात्मक भनेको उल्लेख गर्दै महतले भने -‘अव हामीले पनि कृषिमा व्यवसायिकरण गर्नुपर्छ । यस क्षेत्रमा पनि चिनियाँ लगानीकर्ताहरु आउँछन भने नेपाल आवश्यक सहयोग गर्न तयार छ ।’  चीनले अघि सारेको एसियाली पूर्वाधार लगानी बैंकको स्थापनामा पनि नेपालले संस्थापक सदस्य बनेर सहयोग गर्ने निर्णय गरेको महतले बताए । नेपाल र चीनको सम्वन्धलाई अझ प्रगाढ बनाउन दूतावासलाई सक्रिय हुन पनि मन्त्री महतले निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment