+
+
Shares

हलिउड स्टार रोविनको निधन

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २७ गते १२:२०

robin-williams
ओस्कार विजेता कलाकार रोविन विलियम्सको ६३ बर्षको उमेरमा निधन भएको छ । प्रहरीले उनलाई मृत अवस्थामा भेटेको हो । उनको निधनको कारण आत्महत्या भनिएको छ । उनी आफ्नै घरमा मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ । उनी केही समयअघि देखि विभिन्न प्रकारका चिन्ताले ग्रसित बनेका थिए ।

परिवारले उनको नीजि कुरालाई सम्मान गर्न आग्रह गरेको छ । एक बिहानै आफूले आफ्नो श्रीमान् र सबैभन्दा मिल्ने साथीलाई गुमाएको उनको श्रीमती सुसानले न्यूयोर्क टाइम्समा एक विज्ञप्ती जारी गर्दै भनेकी छिन् । रोविनले हलिउडका थुप्रै फिल्ममा कमेडीका मार्फत दर्शकलाई मनोरञ्जन दिएका थिए ।

उनले सन् १९९७ मा ‘गड विल हन्टिङ’ सिनेमाबाट सह–अभिनेताको रुपमा ओस्कार अवार्ड जितेका थिए । उनी ‘द फिसर किङ’, ‘डेड पोइट्स सोसाइटी’, ‘गुड मर्निङ भियतनाम’ सिनेमाबाट नोमिनेशनमा समेत परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?