Comments Add Comment

प्रियंकासँग डराइन् बहिनी परिणिती

pc-and-pc
यसअघि चलचित्र ‘शुद्धी देशी रोमान्स’ले बक्स अफिसमा कमाल गरेपछि नायिका परिणिती चोपडा उत्साहित देखिएकी थिइन् । कारण उनको यो चलचित्रसग दिदी प्रियंका चोपडाको चलचित्र ‘जंजिर’ले टक्कर दिएको थियो । तर ‘जंजिर’ असफल हुदा परिणितीको चलचित्र भने चलेको थियो ।

तर यसपटक पनि बक्स अफिसमा दिदी र बहिनीको टक्कर टरेको छ । कारण सेप्टेम्बर ५ मा प्रियंकाको ‘मेरी कोम’सँग परिणतीको ‘दावद ए ईश्क’ जुध्ने तयारी गरेको थियो । तर ‘मेरी कोम’को उचाइलाई देखेर निर्माणपक्षले ‘दावद ए ईश्क’लाई दुई साता पर सारेको छ । उसो त दुबै नायिकाले एक अर्काको सिनेमाले बक्स अफिसमा राम्रो व्यापार गरोस् भन्ने चाहेका थिए ।

तर पनि दुबै सिनेमाको टक्कर यसपटक भने टरेको छ । ‘मेरी कोम’ले उच्च बज बनाइरहदा ‘दावद ए ईश्क’ले भने खासै दर्शकलाई आकर्षित गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment