Comments Add Comment

प्रधानमन्त्री र चिनियाँ राजदूतवीच भेटवार्ता

२८ साउन, काठमाडौँ । प्रधानमन्त्री सुशील कोइराला र नेपालका लागि चिनियाँ राजदूत वु छुन्ताईवीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार विहान भएको भेटवार्तामा उनीहरुवीच द्विपक्षीय आपसी हित, संविधान निर्माण लगायतका विषयमा छलफल भएको थियो ।

भेटमा राजदूत छुन्ताईले संविधान लेखनको प्रक्रियाका विषयमा चासो राखेका थिए । जवाफमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणको काम चलिरहेको र निर्धारित समयमै संविधान जारी हुने वताएका थिए ।

उनीहरुवीच नेपालमा चिनियाँ लगानी तथा समसामयिक विषयमा समेत छलफल भएको प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment