Comments Add Comment

चार देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र, शितलनिवाससम्म बग्गीमा सवारी

४ चैत, काठमाडौं । विभिन्न चार देशका राजदूतले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

नाइजेरिया, स्लोभाक गणतन्त्र, नेदरल्याण्ड र भियतनामका गैरआवासीय राजदूतले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

राजदूतहरुलाई काठमाडौंको होटल सांग्रिलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो । राष्ट्रपतिभवनमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीकपमाु ज्ञवालीलगायत सरकरका उच्च पदस्थ अधिकारीहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment