+
+

बाटो काट्दा मलेसियामा एक नेपालीको ज्यान गयो

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २९ गते ८:४२

२९ साउन, क्वालालम्पुर । मलेसियामा बाटो काट्ने क्रममा कारले ठक्कर दिादा एक नेपालीको ज्यान गएको छ । गएराति करिव ८ वजेतिर सडक पार गर्ने क्रममा कारले ठक्कर दिादा मोरङका २२ वषर्ीय इन्द्रवहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

रात्रीकालिन ड्युटीका लागि कम्पनीतर्फ जाादै गर्दा जोहोरको तामानमेवा स्थित सडकमा उनलाई कारले ठक्कर दिएको थियो । तामाङ पेकननासमा रहेको सिमानो कम्पनीमा कार्यरत रहेका थिए ।

उनको शव पोसमार्टमको लागि स्थानीय पोन्तान अस्पतालमा राखिएको उनका साथी दिपेन नेम्वाङले अनलाइनखबरलाई जानकारी दिए । तामाङ २२ महिना अघिमात्रै रोजगारीका लागि मलेसिया आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?