Comments Add Comment

रकम अभावले कैदीको उपचार भएन

२९ साउन, जनकपुरधाम । महोत्तरीको जलेश्वर कारागारमा रकम अभावले दीर्घरोगी कैदीको भरपर्दो उपचार हुन सकेको छैन ।

सामान्य रोग भएका कैदीलाई जलेश्वर अस्पताल, जनकपुर अञ्चल अस्पताल तथा निजी क्लिनिकमा उपचार गर्न सकिए पनि दीर्घरोगी कैदीको रकम अभावले उपचार भने हुन नसकेको कारागार प्रशासनले जनाएको छ ।

केही कैदी कारागार आउनु पहिल्यै दीर्घरोगका सिकार भएका हुन्छ र कारागार आएपछि झन् उनीहरु सिकिस्त हुने भएकाले उनीहरुका लागि छुट्टै रकम नभएकाले भरपर्दो उपचार हुन नसकेको जेलर शोभेन्द्र ठाकुरले बताए । ‘दसजना दीर्घरोगीको उपचार खर्च अत्याधिक लाग्छ’, जेलर ठाकुरले भने, ‘रकम अभावको कारण उनीहरुको भरपर्दो उपचार हुन सकेको छैन ।’

समस्याबारे गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागलाई पत्र लेखे पनि उनीहरु गम्भीर नुहँदा दीर्घरोगका कैदी भरपर्दो उपचार सेवाबाट वञ्चित भएका छन् । जलेश्वर कारागारमा हाल ४ सय ७४ जना कैदी-बन्दी छन् । एक सय ३५ जना कैदी-बन्दी राख्ने क्षमता रहेको सो कारागारमा महिला ३५, पुरुष ४३५ र चार आश्रति बालबालिका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment