Comments Add Comment

९ सेयर दलाल कम्पनीको कारोबार रोक्का

२९ साउन काठमाडौं । समयमै नगद र आवश्यक काजगाज बुझाउन नसकेपछि नेपाल स्टक एक्सचेञ्जले बिहीबार ९ वटा सेयर दलाल कम्पनी ‘ब्रोकर’ को कारोबार रोक्का गरेको छ ।

जेएफ सेक्यूरिटीज, पि्रमो सेक्यूरिटीज, एबीसी सेक्यूरिटीज, सगरमाथा सेक्यूरिटीज, नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्यूरिटीज ट्रेडिङ, स्वेता सेक्यूरिटीज, एसियन सेक्यूरिटीज, त्रिशूल सेक्यूरिटीज, सेक्योर्ड सेक्यूरिटीज प्रालिको कारोबार रोक्का गरिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

केन्द्रीय निक्षेप प्रणाली (सिडीएस) अन्तर्गत सेयर कारोबारको विद्युतिय राफसाफ हुन थालेपछि समयमै काम गर्न नसक्दा ब्रोकरहरु आउट हुन थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment