Comments Add Comment

पाँच पत्नी ठग्नेको खोजी

३० साउन, काठमाडौं । पाँच वर्षको अवधिमा पाँवटा विवाह गरेर पत्नी ठग्दै आएका जनकपुरका एक युवकको खोजीमा प्रहरी लागेको छ । पुल्चोक निवासी २३ वर्षका मनोजकुमार पुर्वे पाँच वर्षको अन्तरालमा पाँचवटा बिहे गरेर सबैलाई छाडेपछि उनलाई पक्राउ गरी न्याय दिलाउन तेस्री पत्नी पूजा साह र चौथी पत्नी इन्दुले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन् ।

प्रहरीका अनुसार पाँच वर्ष पहिले जनकपुरको मिल्स एरियामा बस्ने १८ वर्षकी रिना साहसँग मागी विवाह गरेका पुर्वेले एक वर्षभित्र उनीसँग सम्बन्ध विच्छेद गरेका थिए । सम्बन्ध विच्छेद गरेको एक वर्ष पनि नबित्दै उनले काठमाडौंमा पहाडी समुदायकी महिलासँग दोस्रो प्रेमविवाह गरेका थिए । पुर्वेले दोस्री पत्नीलाई पनि एक वर्षसम्म राखेर झगडा गरी दुई लाख रुपैयाँ तिरेर छोडपत्र गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

दुई पत्नीसँग छोडपत्र गरेका पुर्वेले तीन वर्षपछि पूजा साहसँग मागी विवाह गरेका तर घरमा आफूलाई राखेर काठमाडौं गएपछि अर्को बिहे गरेको थाहा पाएपछि पुर्वेको कर्तुत थाहा भएको उनले बताइन । पुर्वेले गत माघमा आफूसँग धुमधामसँग बिवाह गरेको भारतको दरभंगा जिल्ला बस्ने इन्द्रकुमारी साहले बताइन् । पुर्वेले पहिली पत्नीले १० लाख रुपैयाँ लिएर भागेको र आफूले अर्को बिहे गरी सुखमय जीवन बिताउन चाहेको भन्दै झुटो बोलेर आफूसँग बिहे गरेको इन्दुले बताइन् ।

इन्दुसँग बिहे गरेपछि पनि पुर्वेले गत जेठमा दुई छोराछोरीकी आमा धनुषाको बटेश्वरकी राधा साहलाई फसाएर भागेपछि पूजा र इन्दुले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय धनुषाको मुद्दा फाँटका प्रमुख प्रहरी निरीक्षक हरिनन्दन चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment