+
+

एक जोडी कै ६६ पटक बिहे !

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ३० गते ८:२५

३० साउन, एजेन्सी । बेलायतका एलेक्स पेलिङ र लिसा ग्रान्टले ६६ पटक बिहे गरिसकेका छन् । तीन वर्षअघि संसार घुम्न निस्केको यो जोडीले ३० भन्दा बढी देशका परम्पराअनुसार बिहे गरिसकेका छन् ।

marriage

विगत आठ वर्षदेखि साथी रहेका ३२ वर्षकी लिसा र ३४ वर्षका एलेक्स तीन वर्षअघि म्यान्चेस्टरबाट संसार घुम्न निस्केका थिए । उनीहरु जहाँ पुग्छन्, त्यहाँको संस्कृतिअनुसार बिहे गरिहाल्छन् । तर, यो जोडीले कानुनी रुपमा भने बिहे गर्न बाँकी छ । चार वर्ष सँगै बसेपछि सन् २०११ मा उनीहरुले संसार घुम्ने योजना बनाएको रहेको नयाँ पत्रिकामा खबर छ ।

त्यसका लागि उनीहरुले आफ्ना सबैजसो सामान बेचेर घरसमेत भाडामा लगाएका छन् । लिसाले आफ्ना जागिर छोडेकी छिन भने एलेक्सले कार मर्मत पसल पनि बेचिदिएका छन् । उनीहरु विवाह गर्नका लागि सबैभन्दा अनौठा र उपवादयुक्त स्थानहरुको खोजी गर्दछन् । उनीहरु भन्छन्, ‘हामी अरु संस्कृतिमा कसरी बिहे हुन्छ भन्ने अनुभव गर्न चाहन्छौं ।

एउटा संस्कार भने संसारभरिकै एउटै छ, त्यो हो, एकता ।’ उनीहरुले अमेरिकीदेखि लिथुआनिया, पानामादेखि पाकिस्तानसम्मका आधुनिकदेखि असाध्यै आदिम तथा आदिवासी परम्पाअनुसार बिहे गरेका छन् । उनीहरु हरेक बिहेका फोटा खिचाउँछन् र आफ्नो ब्लगमा पोस्ट गर्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?