Comments Add Comment

सरकारको विकल्प खोज्ने माओवादी नेता सापकोटाको चेतावनी

३१ साउन, काठमाडौं । प्रमुख विपक्षी दल एमाओवादीका नेता अग्नि सापकोटाले सरकारको गति सुस्त भएको बताएका छन् ।

Agni sapkotaमुलुकमा सरकार नै नभए जस्तो अवस्था भएको भन्दै सरकार अरु नै कुनै धन्दामा लागेको हो कि भनि प्रश्न गरे । रिपोर्टस क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा एमाओवादी नेता सापकोटाले अहिलेसम्म कुनै पनि नियुक्ति गर्न नसक्नु सरकारको कमजोरी भएको बताए ।

उनले तत्काल सरकारले गति नबढाए आफूहरुले राष्ट्रिय सरकार गठनको पहल थाल्ने चेतावनी दिए । एमाओवादी स्थायी समिति सदस्य सापकोटाले भने-‘यस्ता अवस्था रहे हामी यो सरकारको विकल्पमा राष्ट्रिय सरकार गठनको पहल थाल्छौं ।’

बाढी पहिरोले ठूलो क्षति हुँदा समेत सरकारको सक्रियता नदेखाएको भन्दै उनले सरकार कहाँ छ भनि प्रश्न गरे ।

माघ ८ गतेभित्रै संविधान जारी गर्न आफूहरु इमान्दारिताका साथ लागेको भन्दै उनले सहमति गरेर संविधान निर्माणमा अघि बढ्न सरकारले आफ्नो गति बढाउनु पर्ने बताए ।

कार्यक्रममा कांग्रेसका नेता डा. प्रकाश शरण महतले बाढी पहिरो पीडितको उद्दार र राहतको लागि सरकारले सक्रियता देखाउन नसकेको बताए ।

विगतमा माओवादी सरकारको चालढाल पनि आफूहरुले अनुभव गरिसकेको भन्दै उनले अहिले सरकारको विरोधको औचित्य नहरको बताए । उनले भने-राहत पुर्‍याउने ठाउँमा सरकारले तदारुकता देखाउनुपर्छ । ढिलासुस्ती गर्नु हुँदैन् । यद्धपी सरकारले आफ्नो ढंगले गरिरहेको छ ।’

माघ ८ गते भित्र संविधान बनाउनु पर्ने भन्दै उतनले संघीयता र शासकीय स्वरुपमा सहमति गरेर माओवादीले मार्ग प्रसस्त गर्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment