Comments Add Comment

कोहिनुरको ऐतिहासिक रेकर्ड : एकैदिन एक करोडको ब्यापार

kohinoor-sri-krishna-shresthaकाठमाडौ । श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘कोहिनुर’ले ब्यापारमा ऐतिहासिक रेकर्ड कायम गर्ने सम्भावना बढेको छ । शनिवार (एकैदिन) मुलुकभरको पर्दावाट एक करोड १२ लाख ब्यापार गरेको छ । शनिवार बेलुकासम्मको कुल ब्यापार तीन करोड भन्दा बढी छ ।

बितरक सुनिल मानन्धरको अनुभवमा नेपाली फिल्मले एकैदिन एक करोड १२ लाख ब्यापार गरेको यो पहिलो हो । ‘मैले फिल्मको ब्यापार सुरु गरेपछि एकैदिन यो अंकको ब्यापार पहिलो हो ।’ उनले भने । शनिवार सार्वजनिक विदा परेकाले मुलुकभरका सबै हल हाउसफुल भएको धारणा राख्ने मानन्धरले आईतवार पनि ब्यापारको मात्रै उस्तै हुने धारणा राखे ‘आईतवार कृष्णजन्माष्टमी परेकाले महिला दर्शक र केटाकेटीको उपस्थिती बढी हुने सम्भावना छ ।’ मानन्धरले भने ।

आकाश अधिकारी निर्देशित कोहिनुर फिल्म राम्रो हुनुको साथै श्रीकृष्ण र श्वेताको क्रेजको कारण पनि बढी चलेको चलचित्रकर्मीको अनुमान छ । यस चलचचित्रमा श्रीकृष्ण र श्वेताले मुख्य भुमिका निर्वाह गरेका छन् भने चेलीबेटी बेचविखनको विषय उठाइएको छ । ‘दर्शक हलमा ओईरिनुको मुल कारण फिल्मको गुणस्तर र श्रीकृष्ण, श्वेताप्रतिको क्रेज नै हो ।’ निर्देशक अधिकारीले भने ।

Kohinoor_asthanarayan hall
काठमाण्डौको अष्ठनारायण हलमा फिल्म हेरेर निस्किएका दर्शक

पारिवारिक फिल्ममा निकै रुचाईएका श्रीकृष्णका हरेक फिल्ममा महिला दर्शकको उपस्थिती बाक्लो हुन्थ्यो । यसपाली पनि त्यहि भएको छ । गुण, गोपिकृष्ण मात्रै होईन मुलुक बाहिरका हलमा पनि महिला दर्शकको उपस्थिती अत्याधिक छ । श्रीकृष्ण आफुलाई मन पर्ने नायक भएकाले उनको फिल्म हेर्न आएको अधिकांश दर्शकको भनाई छ ।

फिल्म राम्रो चलेको खबर श्वेतालाई सुनाउन निर्देशक अधिकारी शनिवार म्हेपी पुगेका थिए । खबर सुनेर श्वेता खुसी हुन सकिनन् । आखाँवाट आँशु झारिन् । पछिल्लो समय नेपाली फिल्मको ब्यापार कमजोर भएको बेला केही निर्माता कोहिनुरको ब्यापार देखेर उत्साही भएका छन् । वितरक मानन्धर कोहिनुरको ब्यापारवाट उत्साहित नहुन आग्रह गर्दै भन्छन ‘कोहिनुरको मुद्दा फरक छ यस फिल्मको ब्यापार बढ्दैमा अन्य फिल्मको पनि बढ्छ भन्ने छैन ।’

निर्देशक अाकाश अधिकारी दर्शकसँग
निर्देशक अाकाश अधिकारी दर्शकसँग

हरेक दिन फिल्म हलमा दर्शकको संख्या बढ्दै गएकाले अझै केही दिन फिल्म चल्नेमा निर्देशक एवं बितरक आशावादी छन् । फिल्म चलेको दोस्रो दिन दिल्ली स्थित गंगाराम अस्पतालमा श्रीकृष्णको निधन भएको थियो ।

फिल्म हेर्न पुगेका उद्योगपति राजेन्द्र खेतान
फिल्म हेर्न पुगेका उद्योगपति राजेन्द्र खेतान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment