+
+

वीपी विचार यात्रा बिराटनगरबाट अघि बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १ गते १०:५५

bp१ भदौ, बिराटनगर । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको जन्म शताव्दीको अवसरमा आइतवारबाट वीपी विचार यात्रा प्रारम्भ गरिएको छ । वीपीको जन्मथलो र कर्मथलो विराटनगरस्थित आदर्श उच्च माविबाट वीपी विचार यात्रा आरम्भ भएको हो ।

नेपाली राजनीतिका असाधारण व्यक्तित्व महामानव वीपी कोइराला जन्मिएको एक सय वर्ष पुगेका अवसर पारेर कांग्रेस शीर्ष नेताहरुको सहभागितामा वीपी विचार यात्रा शुरु भएको कांग्रेस मोरङले जनाएको छ । वीपीको विचार र सिद्धान्तलाई मुलुकभर प्रचार प्रचार गर्ने मुख्य उद्धेश्यका साथ वीपी विचार यात्रा गर्न लागिएको हो ।

बिराटनगरवाट शुरु भएको यात्रा पूर्वाअञ्चलका विभिन्न जिल्ला हुँदै आगामी भदौ २४ गते सुन्दरीजलमा पुगेर टुंगिनेछ । तत्कालीन राणा शासकहरुले बिराटनगरवाट वीपी कोइराला सहित ६ जना क्रान्तिकारी नेतालाई पक्राउ गरी मोेरङ, सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुगा, रामेछाप, शिन्धुली काभ्रे र भक्तपुर अड्डा सार गर्दै लगेको एेतिहासिक स्थानबाट यात्रा अघि बढ्नेछ ।

बिराटनगर जुल मिलमा २००३ सालमा मजदुर हडतालमा सहभागी हुँदा तत्कालीन सरकारले वीपी कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीसहित ६ जनालाई समातेर पूर्व पहाडको बाटो हुँदै अड्डासार गर्दै सुन्दरीजल लगेर थुनेको थियो ।

एउटा जिल्लाको टोलीले अर्को जिल्लालाई कार्यक्रम हस्तान्तरण गरी यात्रालाई निरन्तरता दिइने बताइएको छ । यात्राको शुभारम्भ कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडैल, वनमन्त्री महेश आर्चाय, पार्टीका महामन्त्री कृष्ण सिटौला, सभासद डा शेखर कोइराला लगायतको सहभागिता थियो ।

यसैवीच यात्राको शुभारम्भ गर्ने क्रममा नेपाली काग्रेसका शीर्ष नेताहरुले वीपीको मेलमिलाप नीति आज पनि उतिकै सान्दर्भिक रहेकामा जोड दिएका छन् ।उनीहरुले वीपीको मेलमिलापको विचारलाई आत्मासाथ गरी सबै दल एकसाथ अगाडि बढेको खण्डमा तोकिएकै समयमा मुलुकले तोकतान्त्रिक संविधान पाउन सक्नेमा जोड समेत दिए ।

वरिष्ठ नेता शेरवहादुर देउवाले लोकतान्त्रिक संविधान निर्माणका लागि सबै एक ठाउँमा उभिने समय आएको बताए । उनले लोकतान्त्रिक संविधान निर्माणको प्रकृयामा मुलुक रहेकाले विपीको चिन्तन र विचारलाई अनुसरण गर्न सकेमा सबैको साझा संविधान बन्न सक्ने विचार राख्नुभयो ।

कार्यक्रममा उपसभापति रामचन्द्र पौडेलले शान्ति र संविधान निर्माण गरेर मुलुकमा स्थायित्व कार्यक्रम गर्न वीपीको आर्दश र विचारलाई अवलम्बन गर्नु पर्ने विचार राखे । वीपी विचार यात्राले नयाँ संविधान निर्माणका लागि जनमत संकलन गर्न मद्धत पुग्नेमा पौडेलको जोड थियो । उनले मुलुकको आर्थिक र सामाजिक रुपान्तरणका लागि वीपीको विचारलाई आत्मासात गर्दै अघि बढनुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?