+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
131/5 (17.6)
Shares

कोमल वलीलाई चाहियो सभासद

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १ गते १६:३१

१ भदौ, काठमाडौ । ‘गोजीका गाँठ भा’को, मनमा आँटभा’को केटो चाहियो भनेर गीत गाउने कोमल ओलीले अब सभासद माग गरेकी छन् । तर, यो उनको गीत नभएर साँच्चैको माग हो ।

Komal Oli_Demand P memeberलोकगायिका ओलीले आफू सभासदका लागि योग्य रहेको बताएकी छन् । २६ सभासदको मनोनयन गर्दा कम्तिमा तीनजना कलाकारलाई स्थान दिइनुपर्ने उनको माग छ ।

आइतबार रिपोर्टस क्लबमा भाषण गर्दै गायिका ओलीले कलाकारहरुलाई राज्यले सधैं उपेक्षा गरेको भन्दै कलाकारका एजेण्डालाई संविधानमा समावेश गराउन अनिवार्य रहेको बताएकी हुन् ।

गायिका ओलीले कलाकारलाई दलको सिफारिशमा भन्दा पनि राष्ट्रिय सहमतिका आधारमा संविधान सभामा प्रतिनिधित्व गराउन माग गरिन्  । ओलीले भनिन्- ‘संविधानसभामा लाहाछाप लगाएर पार्टीले पठाएका मान्छे जान भएन, हाम्रा एजेण्डालाई स्थापित गर्न सक्ने मान्छेको उपस्थिति हुनुपर्छ ।’

त्यस्तै चलचित्र निर्देशक यादव खरेल, रंगकर्मी अशेष मल्ल, कांग्रेसनिकट नेपाल सांस्कृतिक संघका तीर्थ थापालगायतले २६ सभासद मनोनयन गर्दा कला क्षेत्रबाट पनि प्रतिनिधित्व गराउन सरकारसँग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?