Comments Add Comment

सुनलाई कच्चा पदार्थसरह भन्सार छुट दिन आग्रह

Gold-byapari

१ भदौ, काठमाडौं । वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले रत्न तथा आभूषण क्षेत्रका समस्या समाधान गर्न सरकारले तत्काल कदम चाल्ने बताएका छन् । नेपाल रत्न तथा आभूषण संघको सचिवालय उद्घाटन तथा राहत बितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले उक्त आश्वासन दिएका हुन् ।

‘निजी क्षेत्रको विकासका लागि सरकार प्रतिवद्ध रहेको छ’ मन्त्री थापाले भने- ‘निजी क्षेत्रको विकास भएमात्र आर्थिक विकास सम्भव भएकाले निजी क्षेत्रले भोगेका समस्या छिटो समाधान गरिदिन सरकार तयार छ ।’

नेपालमा बहुमूल्य धातु भएको र गरगहनाको प्रवर्द्धन गरी यस क्षेत्रमा रोजगारी सिर्जना, राजस्व असूली र समग्र आर्थिक विकासमा समेत यसले ठोस टेवा पुर्‍याउने उनको भनाई थियो । सुनचाँदी व्यवसायीहरु हलमार्किङमा जानुपर्ने र यसका लागि सरकारले जस्तोसुकै सहयोग गर्ने आश्वासन दिँदै उनले निजी क्षेत्रलाई व्यवसाय गर्नका लागि आवश्यक वातावरण निर्माण गरिदिन सरकार हरदम तयार रहेको दाबी गरे ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नीति नियम बनाउँदा सरकारले निजी क्षेत्रसँग सुझाव लिनुपर्ने तर्क गर्दै आर्थिक तथा औद्योगिक विकासका लागि निजी क्षेत्रले बाटो देखाइदिने र विकल्प प्रस्तुत गरिदिने जानकारी दिए ।

उनले कुनै कानूनी आधार नभई सरकारले अनुगमन गर्न नहुने र अनुगमन गर्नका लागि सरकारले निजी क्षेत्रका सुझावहरुलाई लिएर उपयुृक्त मापदण्ड बनाउनुपर्नेमा उनको जोड थियो ।

समारोहमा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सुनचाँदीको अनुगमनका लागि सबैभन्दा पहिले स्वीकार्य मापदण्ड बनाइनुपर्नेमा जोड दिए । त्यस्तै रत्न तथा आभूषण संघका अध्यक्ष मनिषलाल प्रधानले सुन कच्चा पदार्थ भएकोले निर्यात गर्ने गहनालाई यसमा लागेको भन्सार छुट दिइनुपर्ने माग गरेका छन् । उनले सामुदायिक बन भनेजस्तै सामुदायिक खानीको अवधारणा स्थापित गरिनुपर्ने, ब्राण्डिङका लागि हलमार्किङमा जाने र गुणस्तरका लागि ल्याब परीक्षणमा जाने सोच राखिएको बताए ।

संघले आफ्ना सदस्यहरुबाट  ३ लाख रुपैयाँ बराबरको राहत संकलन गरी मन्त्री थापामार्फत सिन्धुपाल्चोकका सभासद मोहनबहादुर बस्नेतलाई हस्तान्तरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment