Comments Add Comment

सुन्दरी बनाउने सौन्दर्य व्यवसायी राजधानीमा छमछमी

teej  (2)

१ भदाै, काठमाडौं । अधिकांश समय अरुलाई सुन्दर बनाउन व्यस्त रहने सौन्दर्य व्यवसायीहरु छमछमी नाच्न भ्याए । सौन्दर्य कला व्यवसायी संघ काठमाडौं कार्यसमितिले राजधानीमा आयोजना गरेको तीज कार्यक्रममा उनीहरु कम्मर मर्काउँदै छमछमी नाचेका हुन् ।

कार्यक्रममा संघकी केन्द्रीय अध्यक्ष एवं वरिष्ठ सौन्दर्य व्यवसायी कमला श्रेष्ठ पनि छमछमी नाचिन् । उनलाई अन्य सौन्दर्य व्यवसायीहरुले साथ दिएका थिए । करिव अढाई सयजना सौन्दर्य व्यवसायीहरु कार्यक्रममा सहभागी भएका थिए ।

सौन्दर्य व्यवसायीहरुलाई एक ठाउँमा भेला गरी सुख दुःख साटासाट गर्न कार्यक्रम आयोजना गरिएको संघकी काठमाडौं कार्यसमिति अध्यक्ष रिना शाक्यले बताइन् । उक्त अवसरमा विभिन्न कलाकार तथा सौन्दर्यकर्मीहरुले सांगितिक प्रस्तुती पस्किएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कमला श्रेष्ठले सौन्दर्य कला व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्नेमा जोड दिइन् । गुणस्तरमा सबैले ध्यान दिनुपर्ने बताउँदै उनले राम्रो कस्मेटिक उत्पादन प्रयोगमा ल्याउन पनि आग्रह गरिन् ।

कस्मेटिक उत्पादकहरुले गुणस्तरमा ध्यान दिए आफुहरुले नेपाली उत्पादनलाई प्राथमिकतामा राख्ने श्रेष्ठले बताएकी छिन् । गुणस्तरहिन समानलाई आफुहरुले कहिल्लै पनि समर्थन नगर्ने उनले ठोकुवा समेत गरिन् ।

_MG_6932

सोही अवसरमा संघले विश्व हेन्डराइटिङ प्रतियोगिताका बिजेता विद्यार्थी र हिमाल आरोही महिलालाई सम्मान गरेको छ । उनीहरुलाई संघकी केन्द्रीय अध्यक्ष तथा वरिष्ठ व्यूटिशियन कमला श्रेष्ठले कदरपत्रसहित सम्मान गरिन् ।

अमेरिकाको न्यूयोर्कमा आयोजित ‘विश्व हेन्डराइटिङ प्रतियोगिता’ मा रक्षा अर्याल र स्वणिमा शाक्य विजयी भएका थिए । अर्याल कर्सिभ हेन्डराइटिङ र शाक्य आर्टिस्टिक हेन्डराइटिङ विधामा विजयी विजयी भएका हुन् । त्यस्तै, सम्मानित हुने हिमाल आरोहीहरुमा मायाँ शेर्पा, पासाङ ल्हामु शेर्पा र दावा याङ्चु शेर्पा रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै हेन्डराइटिङ बिजेता रक्षा अर्याले आफुभित्र रहेको खुबीलाई समयमै बाहिर ल्याउनुपर्ने बताइन् । ‘आफुभित्र रहेको नकरात्मक भन्दा पनि सकरात्मक पक्षलाई हामीले बाहिर ल्याउनुपर्छ’ उनले भनिन्- ‘हरेक मान्छेमा एउटा न एउटा खुबी रहेको हुन्छ, उक्त खुबी पहिचान गरेर न्याय गर्न सकेमा सफल भइन्छ ।’

त्यस्तै, अर्की विजेता स्वणिर्मा शाक्यले पनि आफ्नो खुबीलाई बाहिर ल्याउन हिचकिचाउन नहुने बताएकी छिन् । उनले प्रतिवद्धतासहित मेहनत गरेमा नराम्रो अक्षरलाई पनि राम्रो बनाउन सकिने बताइन् ।

teej  (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment