Comments Add Comment

सुनकोसी बाढी पिडीतलाई प्रभु ग्रुपको सहयोग

२ भदौ, काठमाण्डौ । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोबाट बिस्थापित हुन बाध्य बाढीपिडीतलाई प्रभु ग्रुपले राहत सामाग्री बितरण गरेको छ ।
आइतबार सिन्धुपाल्चोकको लामो साँघुमा आयोजित कार्यक्रममा प्रभु ग्रुपका निर्देशक बिनोद थकालीले उद्धारमा खटिएको प्रहरी बेशक्याम्पका डीएसपीलाई सो राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।

badi-prabhu-2

प्रभुले ३६५ घरधुरीका लागि अत्याबश्यक खाद्य सामाग्री उपलब्ध गराएको छ । जसमा दाल, चालम, नुन लगायतका अत्याबश्यक दैनिक उपभोग्य बस्तुहरु रहेको निर्देशक थकालीले जानकारी दिए ।

प्रभु मनी ट्रान्सफर, प्रभु बैंक र बिभिन्न बित्तिय संस्थाहरु संचालन गरिरहेको प्रभु ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै सिन्धुपाल्चोकका बाढीपिडीतको दुःखमा साथ दिन आएको निर्देशक थकालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment