Comments Add Comment

भारतद्वारा पाकिस्तानसँगको वार्ता रद्द

२ भदौ, काठमाडौं । भारतले पाकिस्तानसँगको विदेश सचिवस्तरीय वार्ता रुद्द गरेको छ । यो वार्ता २५ अगष्टमा हुने तय भएको थियो ।

पाकिस्तानी उच्चायुक्त अब्दुल बासितले कश्मिरका पृथक्तवादी नेतालाई भेटेको विरोधमा भारतले वार्ता रद्द गरेको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैयद अकबरुद्दीनले भनेका छ्न-‘यसले पाकिस्तान कसरी भारतको अन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजिरहेको छ । भारतीय विदेशसचिवले पाकिस्तानका उच्चायुक्तलाई भनेका छन् कि भारतको अन्तरिक मामिलामा पाकिस्तानको हस्तक्षेप अस्वीकार्य छ ।’

पाकिस्तानी उच्चायुक्तको यो कदम भारतीय प्रधानमन्त्री नरेन्द मोदीको सकारात्मक कूटनीतिक पहल अनुसार नभएको उनले बताए । द्वीपक्षीय विषयलाई शान्तिपूर्ण वार्ता र सहमतिका साथै लाहोर घोषणा पत्र अनुसार हल गर्नु पर्ने भारतले बताएको छ ।

सोमबार पकिस्तानका उच्चायुक्त बासितले प्रथक्तावादस्ी नेता शब्बीर शाहलाई भेटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment