+
+
Shares

हनी सिंह गाउने, सोनाक्षी नाच्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २ गते २१:५६

Honey sonakshi
मुम्बई । सोनाक्षी सिन्हाको अभिनय हेरेर मनोरञ्जन लिने दर्शकका लागि नयाँ खबर । उनले गाएको एवं नाचेको हेर्नका लागि अब हलमै जानुपर्ने छैन । सोनाक्षी अब म्यूजिक भिडियोमा प्रस्तुत हुनेछिन् । त्यो पनि भिन्न गेटअपमा ।

र्‍यापर हनी सिंहको नयाँ म्यूजिक भिडियोमा भिन्न गेअपमा प्रस्तुत हुने तयारीमा रहेकी सोनाक्षीलाई जोनीफर लोपेज शैलिमा प्रस्तुत गरिने योजना छ । ‘देशी कलाकार’ नाम राखिएको एल्बममा सोनाक्षीको गेटअपवारे नयाँ कुरा सार्वजनिक भएपछि केही म्युजिक भिडियो निर्देशक समेत सोनाक्षीको गेटअपको प्रतिक्षामा छन् ।

हनि सिंहले यो भिडियो केबल म्यूजिक भिडियो मात्रै नहुने बताउँदै लघु चलचित्र नै बन्ने दाबी गरेका छन् । यस भिडियोको सम्पूर्ण सुटिङ भारत वाहिर गरिने योजना निर्माण पक्षको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?