+
+
Shares

अल्पविकसित देश भएर पनि नेपालको वातावरणीय योगदान विश्वमै उल्लेखनीय : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते ६:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले महासभामा नेपाल अति कम विकसित देश भएर पनि दायित्वभन्दा बढी वातावरणीय योगदान गरिरहेको दाबी गरे।
  • उनले नेपालका आधाजसो भूभाग वनजङ्गलले ढाकिएको, जलविद्युत् उत्पादन तीव्र गतिमा बढाइएको र विद्युतीय सवारीसाधन प्रवर्द्धन गरिएको बताए।
  • उनले बढ्दो जलवायु विपद्सँग जुध्न स्थानीय स्तरका जलवायु अनुकूलनका कामलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।

९ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विश्वमञ्चमा नेपालको वातावरणीय प्रयासको चर्चा गर्दै अति कम विकसित देश (एलडीसी) भएर पनि नेपालले आफ्नो दायित्वभन्दा बढी योगदान गरिरहेको दाबी गरेका छन्।

शुक्रबार बिहान महासभाको सम्बोधनका क्रममा उनले नेपालले आफ्नो आधाजसो भूभाग वनजङ्गलले ढाकेको, विदेशका प्रदूषणकारी ऊर्जालाई विस्थापित गर्न तीव्र गतिमा जलविद्युत् उत्पादन गरिरहेको र विद्युतीय सवारीसाधन को प्रवर्द्धनलाई युरोपका कतिपय हिस्सासँग दाँज्न सकिने अवस्थामा पुर्‍याएको जानकारी दिए।

बढ्दो जलवायु विपद्को सामना गर्न स्थानीय स्तरमा जलवायु अनुकूलनका कामहरूलाई थप बलियो बनाउँदै लगिने प्रतिबद्धतासमेत उनले विश्वसमुदायसामु व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?