Comments Add Comment

‘वान साईड लभ’मा सविना र बिनिताको जवानी

Sabina-Karki

काठमाडौं । देवेन्द्रराज पाण्डेको निर्देशन गरेको चलचित्र ‘वान साईड लभ’ मा सविना कार्की र विनिता घिमिरेको जवानी छताछुल्ला पारिएको छ । सविनाले यसअघि चलचित्र ‘एटीएम’ मा अभिनय गरेकी थिईन । एटीएममा उत्तेजक दृष्य दिएपछि उनको निकै आलोचना भएको थियो । अर्की नायिका घिमिरे प्रायः म्युजिक भिडियोमा सिमित हुँदै आएकी छिन् ।

यस चलचित्रमा सविना र विनितासँग राजकुमार सोनाम, कपिल खत्री, गोकुल सुवेदी, सुशील पोखरेल लगायतका कलाकारले अभिनय गरेका छन् । निर्देशक पाण्डेका अनुसार यो एउटा पारिवारिक प्रेमकथामा आधारित चलचित्र हो ।

चलचित्रलाई असोजको पहिलो हप्ता प्रदर्शन गर्ने योजनामा निर्माण पक्ष रहेको छ । म्युजिक भिडियोमा काम गर्दै आएका निर्देशक पाण्डेको यो पहिलो फिल्म हो ।
binita

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment