+
+
Shares

तीजमा क्याटवाकको तयारी

नेपाली नारीहरुको महानचाड तीज नजिकिंदै गर्दा महिलाहरु ब्रत बस्ने, मन्दिर जाने योजना बनाउँदै होलान् । धरानका महिलाहरु भने यसपालिको तीजमा ‘क्याटवाक’ गर्न कम्मर कसेर लागेका छन् ।

उमेरले ४० बर्ष पुगेकी धरान ७ की डिम्पल खड्का अचेल क्याटवाक सिक्दैछिन् । हतार हतार घरको कामधन्दा सकेर उनि क्याटवाक, मेकअप सिक्न थालेको एकसाताभन्दा बढि भयो । डिम्पल भन्छिन् ‘यसपालि फरक तरिकाले तीज मनाउने तयारीमा छु ।’

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ४ गते ९:४७

गोपाल दाहाल

teej-catwalk-Dharan
नेपाली नारीहरुको महानचाड तीज नजिकिंदै गर्दा महिलाहरु ब्रत बस्ने, मन्दिर जाने योजना बनाउँदै होलान् । धरानका महिलाहरु भने यसपालिको तीजमा ‘क्याटवाक’ गर्न कम्मर कसेर लागेका छन् ।

उमेरले ४० बर्ष पुगेकी धरान ७ की डिम्पल खड्का अचेल क्याटवाक सिक्दैछिन् । हतार हतार घरको कामधन्दा सकेर उनि क्याटवाक, मेकअप सिक्न थालेको एकसाताभन्दा बढि भयो । डिम्पल भन्छिन् ‘यसपालि फरक तरिकाले तीज मनाउने तयारीमा छु ।’

सानैदेखि तीज मनाएकी हुन् डिम्पलले तर यसपटको तीज उनकालागि विशेष र फरक हुँदैछ कारण उनि तीजमा ‘व्युटी प्याजेन्ट’मा भिड्दै छिन् । ३१ बषर्ीया लक्ष्मी तामाङ (थापा मगर) लाई पनि यसपालिको तीज नौलो हुने छ । ‘तीजको ब्रत बस्दिंन तर पहिला साथीहरुसँग मन्दिर जाने, नाच्ने गरिन्थ्यो यसपालि सौन्दर्य प्रतियोगीतामा भिड्दै छु ।’ उनि यसपालिको तीज अनुभव सुनाउँछिन् ‘ मैले तीज रमाईलोका लागि मनाउने हो, सँधै किन एकै किसिमले मनाउने भनेर तीजको सदुपयोग गर्दै आफ्नो प्रतिभा देखाउन खोजेकी हुँ ।’

गृहिणीहरु डोल्मा तामाङ राई, लक्ष्मी मगर, उमा राई, कविता श्रेष्ठ, सिमा श्रेष्ठ, कल्पना शाही, गीता क्षेत्री श्रेष्ठ, धनु श्रेष्ठ लगायतको अहिलेको दैनिकी उस्तै छ । धरानको दिदी बहिनी समूहले गृहिणीलाई लक्षित गरेर ‘मिसेज तीज’ आयोजना गर्ने भएपछि महिलाहरु क्याटवाकमा व्यस्त बनेका हुन् । भदौ ७ गते हुने फाईनलका लागि कोरियोग्राफर ललित राईले उनिहरुलाई क्याटवाक र व्युटीप्याजेन्टका लागि आवश्यक शिप सिकाईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?