Comments Add Comment

‘तीज म्यूजिक अवार्ड’ हुँदै, विकृती फैलाउने गीत परेनन् (सूचीसहित)

sunita-dulal-teej-song-1

विभिन्न बिषयमा अवार्ड हुने क्रममा अब तीजको अवसर पारेर पनि एक कार्यक्रमको आयोजना गरिने भएको छ । ‘तीज म्यूजिक अवार्ड २०७१’ नाम दिइएको अवार्डमा १२ विधा समावेश गरिएको छ । बजाज ईन्टरटेन्मेन्टले आयोजना गर्न लागेको यो अवार्ड भदौ १० गते हुनेछ ।

तीज गीत र यसका श्रष्टाहरुलाई प्रोत्साहन मिलोस् भन्ने अभिप्रायले अवार्ड आयोजना गर्न लागेको बजाज ईन्टरटेन्मेन्टले जनाएको छ । यो अवार्डका लागि मौलिक गीतलाई मात्र आत्समाथ गरिएको छ ।

विकृतीजन्य गीतहरु जतिनै चर्चामा आएपनि समावेश गर्न नसकेको आयोजकले जनाएको छ । मनोनयनमा परेका उत्कृष्ट ५ को नाम यसप्रकार छ ।

१.उत्कृष्ट तीज गीत भिडियो सम्पादन
प्रविन रेश्मी मगर – आमाले दिएको
प्रविन भट्ट – अहिलेको तीजमा
देवेन्द्र शाह – वर माग्छु शिवजी­
विष्णु शर्मा – झल्को माइतीको
निशान घिमिरे – तीजको आयो लहर

२.उत्कृष्ट तीज गीत भिडियो छाँयाकार
सुदिप बराल – वर माग्छु शीवजी
दुर्गा पौडेल – झल्को माइतीको
राजेश घिमिरे – मलाई त कति मज्जा हो
ज्ञानेन्द्र शर्मा – म त फुरुक्कै
शिवराम श्रेष्ठ – च्वाप्प म्वाइ खाउँला

३.उत्कृष्ट तीज गीत भिडियो मोडल (पुरुष)
विजय थापा – आशिर्वाद माग्छु
बब्वु थापा – वर माग्छु शिवजी
महेन्द्र गौतम – लाजैले मरिन्छ
शंकर वि.सी – मेलम्चीको पानी
नरेश विर सिंह – आगो पर्‍यो

४.उत्कृष्ट तीज गीत भिडियो मोडल (महिला)
दिपाशा वि.सी – अहिलेको तिजमा
नीता ढुंगाना – वर माग्छु शिवजी
पार्वती राई – हाम्रा बाउका ज्वाइँले
पुणिर्मा श्रेष्ठ – मेलम्चीको पानी
सगुन शाही – वर्षै र दिनको

५.उत्कृष्ट तीज गीत भिडियोे निर्देशक
शंकर वि.सी – आमाले दिएको
प्रकाश भट्ट – आशिर्वाद माग्छु
बब्वु थापा – वर माग्छु शिवजी
गोविन्द राई – तीजको आयो लहर
सुवास रेग्मी – वर्षै र दिनको

६.उत्कृष्ट तीज गीत एरेञ्जर
झलक संगीतम् – अहिलेको तीजमा
विनोद वाजुराली – छम्म छम्म छम्म
वि.वि. अनुरागी – पिरको व्यथा सारा
अर्जुन पोखरेल – झल्को माइतीको
महाराज थापा – तीजको आयो लहर

७.उत्कृष्ट तीज दोहोरी गीत गायक
खुमन अधिकारी – आशिर्वाद माग्छु
तिलक वली – हङ्कङको सारी
सुरेन्द्र सुनार – मेलम्चीको पानी
रमेशराज भट्टराई – सानुमाया
किरण बावु पुन – लभ म्यारिज

८.उत्कृष्ट तीज दोहोरी गीत गायिका
रमिला न्यौपाने – आशिर्वाद माग्छु
पुर्णकला वि.सी/उमा श्रेष्ठ – बुढा आधा आधा
सरिता कार्की – लाजैले मरिन्छ
लक्ष्मी ढकाल – सानुमाया
शान्ति सुनार – सत्य कसम

९.उत्कृष्ट तीज गीत शब्द
गोविन्द प्रसाद उपाध्याय – आमाले दिएको
हरि विष्ट – टिपन सकिन खाइन वरिलै
गायत्री थापा – माइती देश
कुमार विवाहित – तिजको आयो लहर
गणेश चौलागाई – वर्षै र दिनको तीजै र आयो

१०.उत्कृष्ट तीज गीत भाका(लय)
हरि लम्साल – आमाले दिएको
हरि विष्ट – अहिलेको तीजमा
बिमल डाँगी – छम्म छम्म
पुस्कल शर्मा – नरोए आमा
सुरेश अधिकारी – तिजको आयो लहर

११.उत्कृष्ट तीज गीत गायिका
टीका पुन – अघिपछि भुल्छु आमा
स्वरुपा रसाइली – पिरको व्यथा सारा
माण्डवी त्रिपाठी – रातो सारीे
देवीका बन्दना – म त फुरुक्कै
सुनीता दुलाल -तीजको आयो लहर

१२.उत्कृष्ट तीज गीत
गैरा बारि – हरि विष्ट/गंगामाला फिल्मस्
आमाले दिएको – शोभा त्रिपाठी/सितारा म्यूजिक
तिजको आयो लहर – सुनिता दुलाल/कमलादेवी डिजिटल
झल्को माइतीको- मञ्जु पौडेल/आशिष म्यूजिक
गायत्री थापा – वर माग्छु शिवजी/शिवदर्शन डिजिटल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment