+
+
Shares

बिनिता फर्किईन अभिनयमा

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ५ गते ८:१३

Binita-baral
काठमाडौ । अग्र्यानिक तरकारी खेतीमा सक्रिय बिनिता बराल पुनःअभिनयमा फर्किएकी छिन् । शिब शर्माको निर्देशन रहेको चलचित्र ‘उमंग’ मा अनुबन्ध भएकी बिनिता अब अभिनयमै सक्रिय हुने योजनामा छिन् ।

धार्मिक द्धन्द्धको विषय केन्दि्रत चलचित्र ‘उमंग’ मा उनले आफ्नो भुमिकावारे भन्न चाहिनन् । दिपेन्द्र के खनाल निर्देशित ‘चपली हाईट’ मा काम गरेपछि चर्चामा आएकि बिनिताले त्यसपछि गतिलो चलचित्रमा काम गर्न पाएकी छैनन् ।

‘फुलस्टप’मा काम गरेपछि उनको करिअर नै फुलस्टप भएको हल्ला पनि चल्यो फिल्मी बजारमा । त्यही बेला उनी तरकारी खेतीमा सक्रिय भएको पुष्टि भयो । नेपाल कृषि प्रधान देश भएकाले कृषिलाई आधुनिकीकरण गर्नुपर्छ भन्ने मान्यता राख्ने बिनिताले कृषि पेशालाई निरन्तरता दिने योजना बनाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?