+
+
Shares

यसरी भएको थियो श्रीकृष्णको प्रणान्त

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ५ गते १८:४७

Shree krishna 13 Say (2)

बिहीबार स्व. श्रीकृष्ण श्रेष्ठको १३ औं दिनको पुज्यतिथिमा आयोजित प्रसाद ग्रहण कार्यक्रममा भाइको निधनको क्षण सम्झदै गर्दा दाजु मीनकृष्णका आँखा रसाए ।

उनी एक्कासी भक्कानिए । बोल्न सकेनन् । भाइलाई सञ्चो हुने आशमा दिल्लीको गंगाराम अस्पतालमा श्वेतासँगै रहेका मीनकृष्णले सोचेजस्तो भएन ।
‘जब मेरो भाइलाई बोन क्यान्सर भएको थाहा भयो, हामीले हरेक किसिमको उपचार गर्ने प्रयास गर्‍यौं  । पहिलो किमो दिँदा भाइ अब घर चाँडै फर्कन्छ भन्ने सन्देश मैले नेपाल पठाएको थिएँ । जब शनिबार बेलुकी भाइलाई आइसीयूमा राखियो, डाक्टरहरु पनि खुशी भए । अब श्रीलाई केही हुँदैन भन्ने डाक्टरहरुले भन्दै थिए । तर, भाइले जब आइसीयूमा मलाई बोलायो, त्यतिबेला उसको बोली स्पष्ट थियो । उसले आमा, दाजु, ईष्टमित्र, छरछिमेकी, पत्रकार, कलाकार सबैलाई सम्झियो ।’ यसो भन्दै गर्दा मीनकृष्ण भावविह्वल भए । श्रीकृष्ण पत्नी श्वेता, उनकी आमा र अन्य दाजुहरुका आँखाबाट आँशु बगे ।

मीनकृष्णले केही सम्हालिएर भने-‘मैले भाइ तिमीले यस्तो किन भनेको, तिमीलाई केही हुँदैन भन्दै थिएँ । एकाएक मलाई भूइचालो आएजस्तै लाग्यो । भाइले मेरो हात समाउँदा समाउँदै संसार छाड्यो । फिल्मजस्तो लाग्ने गरी उसले प्राण त्याग गर्‍यो । निधनअघि उसले तीनपटक मा..मा..मा…भन्यो ।

अस्पतालमा भगवानको अघि रुँदै थिइन् श्वेता

मुम्बईको गंगाराम अस्पतालमा जब नायक श्रीकृष्ण श्रेष्ठ जीवन र मृत्यको दोसाँधमा लडिरहेका थिए । एक महिनाअघि मात्र बिहे गरेर जीवनको सुनौलो सपना देखेकी पत्नी श्वेता खड्का भने भगवानको मूर्ति अगाडि पतिको सकुशलताको लागि हात जोडिरहेकी थिइन् ।

Shree krishna 13 Say (9)

दाजु मीनकृष्ण श्रेष्ठले सम्झँदै भने-‘भाइले मेरो हात कसिलो गरेर समाउँदै गर्दा श्वेता अस्पताल परिसरमा नै रहेको भगवानको मूर्ति अगाडि बसेर रुँदै थिइन् । जब मेरो भाइले प्राण त्याग गर्‍यो, म निकै रनभुल्लमा परें । भाइले स्वेतालाई केही क्षण अघिमात्र हात हल्लाएको थियो । स्वेता भगवानसँग भाइको जीवनको कामना गर्दै थिइन् । मैले परिवारलाई फोन गरे, स्वेतालाई बताउँ कि नबताउँ भनेर सल्लाह गरंे । परिवारले बताउनुपर्छ भनेपछि मैले उनलाई भनें ।

यसपछि के भयो होला श्वेताको अवस्था ? तपाई आफै सोच्नुहोस्, मीनकृष्ण यसो भन्दै गर्दा आँशु रोक्न खोज्थे, तर सक्दैनथे ।

कलाकर्मी भन्छन्-‘श्रीकृष्ण जिउँदै छन्’

कलाकारले अझै पनि पत्याएका छैनन्, श्रीकृष्ण यो संसारमा छैनन् भनेर । श्रीकृष्णलाई सम्झँदै गर्दा कलाकार बसुन्धरा भुसाल र सुभद्रा अधिकारीका आँखा रसाए । मा..मा..भन्दै उसले हामीलाई खुबै माया गथ्र्यो । आज ऊ छैन भन्दा हामी पत्याउनै सक्दैनौं ।

Shree krishna 13 Say (18)

नायिका झरना थापाले पनि श्रीकृष्ण दाइको निधनलाई आफूले अझै पनि पत्याउन नसकेको बताइन् । उनी अमर नै छन्, चाहे भौतिक शरीर टाढा नै किन नहोस्, धेरै कलाकार यसै भन्दै थिए ।

निर्देशक नीर शाहले श्रीकृष्णले दिएको योगदानलाई बिर्सन नसकिने बताए । उनले श्रीको भौतिक शरीर टाढा गए पनि आत्मा नमरेको भन्दै उनी अमर भएको बताए । शाहले भने-‘श्रीकृष्णको निधनलाई म पत्याउँदिन । किनकि, उनको भौतिक शरीर हामीसँग नभए पनि उनी अमर छन् । यसैले अमर रहेको कलाकार कहिले पनि मर्दैन । ऊ जीवीत नै छ ।’

Shree krishna 13 Say (8) Shree krishna 13 Say (10) Shree krishna 13 Say (11) Shree krishna 13 Say (16)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?