Comments Add Comment

एप्पलले बनाउँदैछ चलाउँदा थर्किने माउस

mouse

कम्प्युटरमा काम गर्दा अल्छी मानेर माउस चलाउनुहुन्छ ? काम गर्दागर्दा दिक्क लागेर कहिलेकाहीँ माउसलाई टेबुलमा पछार्नुपनि भएको छ होला । निरस माउस प्रतिको तपाइँको विरक्तिको समाधान एप्पलले निकाल्दैछ ।

एप्पलले यस्तो माउस निर्माण गर्दैछ जसलाई चलाउँदा भाइब्रेसन अर्थात् कम्पन हुनेछ । गेम कन्ट्रोलर जस्तै यो माउसले कति जोडसँग तथा कहाँ माउसको बटन थिचिरहनुभएको छ भन्ने कुरा कम्पनबाटै जानकारी गराउनेछ ।

एप्पलले फोर्स सेन्सिङ माउस नाम दिइएको उक्त माउसको प्रतिलिपि अधिकार अर्थात् प्याटेन्ट दर्ता गराएको छ ।

यो माउसमा विद्युत चुम्बक वा मोटर राखिएको हुनेछ जसले माउसलाई कम्पन गराएर माउस प्रयोगकर्तालाई पृष्ठपोषण प्रदान गर्नेछ । यो माउसले अब कुनै डकुमेन्ट बन्द गर्नका लागि वा सानो बनाउनका लागि डकुमेन्टको बन्द गर्ने वा घटाउने अप्सनमा गएर क्लिक गर्ने झण्झट दिनेछैन । अब माउसलाई कति दबाउने भन्ने कुराले डकुमेन्टलाई के गर्ने ? भन्ने निर्धारण गर्नेछ ।

यो माउसको प्याटेन्ट अधिकार जेम्स इ राइट र केइथ जे हेन्ड्रेनको नाममा रहेको छ । एप्पललको अहिलेको म्याजिक माउसको डिजाइन पाँच वर्ष पुरानो हो । यसअघिको माइटी माउस ४ वर्षसम्म बजारमा रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment