+
+
Shares

दैवी प्रकोप पीडितलाई टेलिकमको दुई करोड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ६ गते १२:०३

६ भदौ काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले दैवी प्रकोप पीडितलाई दुई करोड रुपैयाँ सहयोग गरेको छ । टेलिकमका अध्यक्ष एवं सञ्चार सचिव सुनिल बहादुर मल्लले दुई करोड रुपैयाँको चेक प्रधानमन्त्री सुशील कोइरालालाई NTCहस्तान्तरण गरे ।

उक्त रकम प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमार्फत पीडितहरुलाई खर्च गरिने छ ।  टेलिकमका कामु कार्यकारी निर्देशक बुद्धिप्रसाद आचार्यका अनुसार टेलिकमका कर्मचारीहरुको तर्फबाट ३५ लाख रुपैयाँ, सञ्चालक समितिका सदस्यहरुको तर्फबाट २५ हजार रुपैयाँ र बाँकी टेलिकमको कोषबाट रकम संकलन गरी रकम प्रदान गरिएको हो ।

सहयोग रकम बुझ्दै प्रधानमन्त्री कोइरालाले प्राकृतिक प्रकोप पीडितको उद्धार, राहत र पुनरस्थापनामा सबै क्षेत्रबाट स्वतस्फूर्त रुपमा प्राप्त आर्थिक सहयोगप्रति कृतज्ञता प्रकट गरे । उनलेे आवश्यक पर्दा नेपालीहरु तन, मन र धन सबै कुराले  सहयोग गर्न तयार छन् भन्ने सिद्ध भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?