+
+

डिस होम किन्दा चाँदीको सिक्का, बिजेताले १० तोला सुन पाउने

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ८ गते १७:०४

dish-home-scheme-mnemonic८ भदौ, काठमाण्डौ । दशैं- तिहारको अबसर पारेर डिस होमले नयाँ गा्रहक योजना सार्वजनिक गरेको छ । जसअनुसार हरेक डिस होम खरिदमा ग्राहकले चाँदीको सिक्का उपहार प्राप्त गर्नेछन भने हरेक हप्ता हुने लक्की ड्र मार्फत ८ जना भाग्यशाली विजेताले प्रति व्यक्ति १० तोला सुन जित्न सक्नेछन् ।

यस योजना अवधिभर जम्मा १ किलो सुन ग्राहकहरुलाई प्रदान गर्ने कम्पनीले जनाएको छ । भदौ ९ गते यो योजना सुरु हुने छ । स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र ‘डाइरेक्ट टु होम’ सेवा प्रदायक डिस होमले ४ बर्षदेखि नेपालभर ३ लाख ८० हजार घरहरुमा सेवा प्रदान गर्दै आएको छ ।

नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको यो प्रविधि विना तार जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ । सिधैं स्याटेलाइटमा आवद्ध हुने प्रविधि भएको हुँदा यसको ध्वनी र दृश्य दुवै गुणस्तरीय हुन्छन् ।

डिशहोमले आफ्नो सेवामा  SONY SIX HD , DISCOVERY HD , COLORS HD , TEN HD र HBO HD जस्ता हाइ डेफिनेसन च्यानल प्रसारण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?