Comments Add Comment

सोमवारको दैनिक पत्रिकामा बिजनेश खबर

सोमवार राजधानीबाट प्रकाशित हुने आर्थिक क्षेत्रका पत्रिकाहरुले दैनिक ब्यापारघाटाको खबरलाई प्रमुख खबर बनाएका छन् ।

कारोबार दैनिकले ‘बजेट बराबर ब्यापारघाटा’ शीर्षकको खबरलाई प्रमुख खबर बनाएको छ । मुलुकको निर्यात ब्यापार खुम्चिदा ब्यापारघाटा चालु आर्थिक वर्षको बजेट बराबर (६ खर्ब १८ अर्ब) पुगेको छ । आन्तरिक उत्पाद बढ्न नसकेपछि आयात बढेर ब्यापारघाटा चुलिएको नेपाल राष्ट्र वैंकले जनाएको छ ।

यस्तै, तीन दलले सीमा तोकेपछि पीटीए वार्तामा कठिनाइ, मार्थिल्लो मस्र्याङ्दी-‘ए’ समयमै सक्न ११ सय मजदुर परिचालन, कार्टेलिङ् विरुद्ध संसदीय समिति, अमेरिकाको बेरोजगारी दावी तीन लाख नजिक, नेप्से महिनामा ९८ अंकले घट्यो, सुदूरपश्चिममा ग्याँसको चरम अभाव लगायतका खबर कारोबार दैनिकमा छ ।

अन्नपूर्ण पोष्टले पनि ‘दैनिक ब्यापारघाटा एक अर्ब ६९ करोड’ शीर्षकको खबरलाई नै मुख्य खबर बताएको छ ।
यस्तै, आर्थिक सुधारसँग सम्बन्धित ऐन तत्काल तयार गर्न निर्देशन, निर्माण ठप्पले विकास बजेट खर्च हुनेमा आशंका, पौने तीन अर्ब खर्चिएर धावनमार्ग मर्मत गरिदै लगायतका खबर अन्नपूर्णपोष्टले छापेको छ ।

नागरिक दैनिकले राष्ट्र वैंकले जारी गरेको मुलुकको आर्थिक स्थितिको समीक्षालाई ‘९० अर्बका वस्तु निर्यात’ शीर्षकमा छापेको छ ।
यस्तै पानी काट्रेलिङ्मा नाम मात्रैको अनुगमन, कोरियाले कोटा बढाउने, चितवनमा आकासियो फलफूल र तरकारीको भाउ, बैंक निक्षेप १८ प्रतिशत बृद्धि लगायतको खबर नागरिकमा छ ।

आर्थिक दैनिकले ‘कृषि विकास बैंकको न्युरोड शाखाबाट हुण्डीको कारोबार’ लाई प्रमुख खबर बनाएको छ । यस्तै, सैंयौं महिलाको तीज सिभिल बैंकमा थुनियो, पर्सा जनस्वास्थ्य कार्यालयमा ब्यापक भ्रष्टाचार, सुधिर बस्नेतकै कारण बैंकहरु संकटमा, मन्त्रीको सेटिङमा बैदेशिक रोजगारका महानिर्देशक हटाइए, दशैंको लागि भदौ २५ देखि टिकट बुकिङ् शीर्षकका खबरहरु आर्थिक दैनिकले छापेको छ ।

aarthik

aarthik-annpurna

aarthik-karoba

aarthik-nagarik

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment