Comments Add Comment

सुनकोशी बाढी पीडितलाई अमेरिकाबाट सहयोग

america

टेक्सास, अमेरिका ।  सुनकोशीका बाढी पीडितहरुको सहयोगार्थ नेपाली जनसम्पर्क समिति वेष्ट टेक्सास च्याप्टरले  एक लाख बिस हजार रुपियाँ नेपाल पठाउन लागेको छ ।

नेजस वेष्ट टेक्सास च्याप्टरका अध्यक्ष हरिबोल भण्डारीले दिनु भएको जानकारी आनुसार चलचित्र ‘नाई नभन्नु ल -२’ को प्रदर्शनबाट उठेको उक्त रकम नेपाल सरकार प्रधानमन्त्री कोषमा जम्मा गरिनेछ ।

गत शुक्रबार २२ अगस्टका दिन स्टेफनभिलमा विकास आचार्य  निर्देशित चलचित्र ‘नाई नभन्नु ल २’ प्रदर्शन गरियो । कार्यक्रममा चलचित्रका सम्पर्क सूत्र  बिकास राज न्यौपानेले  दैबी प्रकोपमा परेका नेपालीहरुको सहयोगका लागि केहि गर्ने भन्ने हरिबोल भण्डारीको पवित्र मनसाय देखेर आफुले कलाकार सरोज खनाललाई अनुरोध गरेको र नेजसले गर्ने आगामी कार्यक्रमहरुमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा सहभागी कलाकार सरोज खनाललाई अमेरिकामा बसोबास गरिरहनु भएका नेपाली कांग्रेसका युवा नेता कृष्ण लामिछानेले टेक्सासको चिन्हो काउब्वाय क्याप लगाई दिएर स्वागत गर्नु भएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment