Comments Add Comment

सञ्चिताको तीजः कान्छो जन्मेपछि ब्रत बस्न बन्द

sanchita

९ भदौ, काठमाडौं । अभिनेत्री सञ्चिता लुईंटेल धर्ममा निकै आस्था राख्छिन् । हरेक मंगलवार गणेश भगवानको पूजा गरेपछि मात्रै खानपिन गर्ने सञ्चिता साउनलाई विषेश महिना मान्छिन् ।

सञ्चिताको भनाइअनुसार साउनमा शिव भगवानको विषेश पूजा हुन्छ । गणेश भगवानजत्तिकै शिव भगवानप्रति पनि विशेष आकर्षण छ उनको ।

शिव भगवानप्रति मोह भएकै कारण सञ्चिता तीजलाई विशेष महत्व दिन्छिन् । तीजमा दर खाने ब्रत बस्ने र साथीसंगी एवं दिदी बहिनीसँग नाचगान गर्ने उनको पुरानै चलन हो ।

दरखाने दिन त नाचगान नगरी चित्तै बुझ्दैन रे । ‘सबैजना जम्मा होइन्छ, काम हुँदैन, रमाइलोका लागि नाच्ने गाउँने त गर्नै पर्‍यो नि’ सञ्चिताले अनलाइनखबरसँग भनिन् ।

तीजको दिन आमा, दिदी र अन्य आफन्तहरुसंगै नजिकैको शिवालयमा गएर पूजा गर्ने गरेकी सञ्चितालाई निराहर ब्रत बस्दा रमाइलो लाग्छ । तर, कान्छो छोरा जन्मेपछि उनी ब्रत बस्न छाडेकी छन् । उनले ब्रत नबस्नुको कारण खुलाउँदै भनिन्- ‘कान्छो बाबु जन्मिँदा धेरै ब्लिडिङ भयो, त्यसपछि मलाई डाक्टरले ब्रत बस्न हुँदैन भनेका छन् ।’
चलचित्र क्षेत्रमा प्रवेश गर्नुअघि ४/५ कक्षा पढदैताका उनले तीजको गीतमा नाचेकी थिइन् । तीजले महिलाहरुवीच हार्दिक सम्बन्ध कायम गर्ने उनको बुझाइ छ ।
रातो राम्रो गुलियो मीठो

रातो राम्रो गुलियो मीठो भन्ने उखानसँग परिचित सञ्चितालाई यो भनाइ सही हो जस्तो लाग्छ । तीजमा धेरै महिलाहरु रातो साडी र चोलीमा रंगिएर हिँडेको देखेकी सञ्चितालाई लाग्छ ‘रातो रंग भनेको उमंगको रंग हो,यसले आम महिलामा उत्साह जगाउँछ ।’

तीज महिलाकै चाड भएकाले पनि उनीहरुकै चाहनाअनुसार रातो रंग प्रयोग भएको उनको बुझाइ छ । आफूलाई पनि रातो रंग मनपर्छ भन्ने सञ्चिताले अहिलेसम्म तीजकै लागि भनेर साडी चोली किनेकी छैनन् । कारण, उनका आफन्तहरुले उपहार दिएकैले पुगेको छ ।

तीजको दिन पशुपति जान्नन्

शिव भगवानप्रति असाध्यै भरोसा गर्ने सञ्चिता तीजको दिन कहिल्यै पशुपति जान्नन् । जबकि उनको घरबाट १५ मिनेटमा हिँडेरै पशुपति पुगिन्छ । तीजको दिन अन्य दिदी बहिनीहरुका लागि छुट्याएको दाबी गर्ने सञ्चिता धेरै भीडभाड हुने भएकाले नगएको बताउँछिन् ।

‘म त अरु दिन पनि जान सकिहाल्छु नि, तीजको दिन धेरै ठाउँबाट दिदी-बहिनीहरु आउनुहुन्छ त्यसकारण म जान्न ।’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment