+
+

संविधानसभाको कार्यतालिका स्थगित गर्न वैद्य माओवादीको माग

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १० गते १८:०४

१० भदौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यबीच भेटवार्ता भएको छ । मंगलबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा माओवादी नेताहरुले संविधानसभाको कार्यतालिका स्थगन गर्न माग गरेका छन् ।

‘हामीलाई बोलाएर सर्वपक्षीय राजनीतिक सम्मेलन गर्छौं भन्ने, अनि संविधान निर्माणको काम पनि धमाधम गरिरहने ? यो मिल्दैन,’ प्रधानमन्त्रीसँगको भेटपछि माओवादी सचिव देव गुरुङले अनलाइनखबरसँग भने- ‘हामीले संविधानसभाको कार्यतालिका तत्काललाई स्थगित गर्नोस् भनेका छौं ।’

Susil-baidhya

प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ३ बजेदेखि करिब एक घण्टा भएको भेटवार्तामा प्रधानमन्त्री सुशील कोइरालाले मिलेर जानुको विकल्प नभएको बताएका थिए ।

भेटमा माओवादी अध्यक्ष वैद्यले राष्ट्रिय राजनीतिक सम्मेलनको मोडालिटी के हुने भन्नेबारे आफूहरुले गत जेठमै आठ बुँदे प्रस्ताव पेश गरिसकेको प्रधानमन्त्री कोइरालालाई स्मरण गराएका थिए ।

‘विगतका सहमति सबै सिद्धिएका छन्, त्यसैले अब नयाँ शिराबाट सहमति गर्नुपर्ने छ,’ वार्तामा माओवादी अध्यक्ष वैद्यले प्रधानमन्त्रीलाई भने, ‘हामीसँग गत जेठमै सर्वपक्षीय राजनीतिक सम्मेलन गर्ने सहमति जनाउनुभएको थियो, अहिलेसम्म के भयो ? यसमा क्लियर गर्नुपर्‍यो ।’

वैद्यसँगको भेटमा नयाँ संविधान निर्माणबारे कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनायो । भेटमा बैद्य माओवादीले सर्वपक्षीय भेलाबाट संविधानका अन्तरवस्तुबारे सहमति खोज्न प्रस्ताव राखेको र यसमा प्रधानमन्त्री सकारात्मक भएको स्रोतले बतायो ।

भेटपछि कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने-त्यसलाई सम्बोधन गर्दै वर्तमान संविधान सभाबाट निर्धारित समयमा संविधान निर्माण गरी कसरी जारी गर्न सकिन्छ, वार्ता त्यसैमा केन्दि्रत रहृयो ।’

बुधबारै चार दलवीच वार्ता हुने

यस विषयमा थप छलफल गर्न भोलि बुधबार बिहानै कांग्रेस, एमाले, एमाओवादी र नेकपा-माओवादीसहितको चार दलीय बैठक बोलाउने प्रधानमन्त्रीले वचन दिएको माओवादी सचिव गुरुङले जानकारी दिए ।

वैद्य माओवादी तीन दलको विवादमा नमुछिने

प्रधानमन्त्रीसँगको भेटमा माओवादी अध्यक्ष वैद्यले आफूहरु तीनदलको विवादमा नफस्ने बताएका छन् ।’तीन दल र मधेसी दलहरु मिलेर उच्चस्तरीय संयन्त बनाउने, त्यसको संयोजक को हुने भन्ने जुन विवाद गरिरहनुभएको छ, त्यसमा हामीलाई सरोकार छैन,’ बालुवाटारको भेटमा वैद्यले प्रधानमन्त्रीलाई भने, ‘संविधानका अन्तरवस्तुका विषयमा भइरहेको विावदमा पनि हामीलाई मतलब छैन, पहिले राष्ट्रिय राजनीतिक सम्मेलन हुनुपर्छ, संविधानका अन्तरवस्तुमाथि छलफल गर्नुपरे त्यहीँ गरौंला ।’

रामचन्द्र बोल्दा वैद्य जंगिए

बालुवाटार वार्तामा प्रधानमन्त्रीसँग उपस्थित रहेका कांग्रेस उपसभापति रामचन्द्र पौडेलले २१ गतेभित्र काम सक्नुपर्ने संविधानसभाको कार्यतालिका रहेकाले छिटै सहमति गर्नुपर्ने बताएका थिए । पौडेलले यसो भनेपछि वैद्यले आफूहरुले संविधानसभा २ विघटन गर्नुपर्छ भनेकाले त्यस्तो कार्यतालिकाबारे आफूहरुलाई कुनै मतलव नभएको र सर्वपक्षीय सभास गर्नुपर्ने भए त्यो कार्यतालिका स्थगन गर्नुपर्ने प्रतिक्रिया दिएको स्रोतले बतायो ।
अढाइ महिनापछि सम्वाद

प्रधानमन्त्री सुशील कोइराला अमेरिका जानुपूर्व गत जेठको अन्तिम साता वैद्य र प्रधानमन्त्रीवीच भेटवार्ता भएको थियो । सो भेटमा प्रधानमन्त्री कोइरालाले सर्वपक्षीय राजनीतिक सम्मेलन गर्ने वैद्यको मागमा सैद्धान्तिक सहमति जनाएका थिए । यसको मोडालिटी एकसाता भित्र तय गर्ने भनिए पनि अठाइ महिनापछि बल्ल मंगलबार दोस्रो चरणमा छलफल भएको हो ।

त्यसो त कांग्रेस र एमालेले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने विषयमा समेत संविधानसम्मत नभएको भन्दै आनाकानी गरिरहेका छन् । वैद्य माओवादीले भन्दै आएको राजनीतिक सम्मेलनको विषय पनि संविधानभन्दा बाहिरको विषय राजनीतिक विषय हो । यसबारे कांग्रेस र एमालेले कस्तो नीति अपनाउलान् ? यसबारे बुझ्न बुधबार हुने भनिएको चारदलको बैठक कुर्नुपर्ने भएको छ ।

यद्यपि एमाओवादीले भने चारबुँदे समझदारी कार्यान्वयन नभएसम्म कांग्रेस एमालेसँग वार्ता नगर्ने घोषणा गरेको अवस्थामा प्रधानमन्त्रीले बुधबार बैद्यसहितको चारदलीय बैठक बोलाउने घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?