Comments Add Comment

नेकपा-माओवादीको आह्वानमा चितवन बन्द

१३ भदौ, चितवन । नेकपा-माओवादीले शुक्रबार चितवन बन्द आह्वान गरेको छ । भारतीय दूतावासको आर्थिक सहयोगमा बनेको चितवन माडीको क्याम्पस भवन उद्घाटन कार्यक्रम रोक्न माओवादीले बन्द आह्वान गरेको हो । बन्दका कारण चितवन भएर चल्ने लामो तथा छोटो दूरीका सवारीका साधन चलेका छैनन् भने बजार पसल बन्द छन् ।
नेकपा-माओवादीले भारतले नेपाललाई आर्थिक सहयोग गरेपनि सरकारको माध्यमबाट हुनुपर्ने सोझै राजदूतावासले सहयोग गर्न नमिल्ने र निर्माण भएको क्याम्पसको सरकारका प्रतिनिधिले उद्घाटन गर्नुपर्ने माग राखेका छन् ।
क्याम्पस उद्घाटनको कार्यक्रम सम्पन्न भएपछि बन्द खुल्ने नेकपा-माओवादी चितवनले जनाएको छ ।
बन्द गराउँदै हिड्ने नेकपा-माओवादीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बन्द गराउन प्रदर्शन गर्दै हिँडेकाहरुमध्ये टाँडीबाट ५ जना र माडीबाट १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
क्याम्पस भवन उद्घाटन गर्न भारतीय राजदूत रञ्जित रे बिहीबार नै चितवन पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment