Comments Add Comment

घाँटी रेटेर महिलाको हत्या

१३ भदौ, बागलुङ । बागलुङमा एक महिलाको घाँटि रेटेर हत्या भएको छ । सिँगाना गाविस वडा नम्बर ७ घर भई बिहुँ गाबिस १ दोविल्लामा व्यापार गरी बस्ने ३६ वर्षकी रुपा गौतमको हत्या भएको हो । उनको शव बागलुङ बुर्तिवाङ सडक खण्ड अन्तर्गत बाग्लुङ नगरपालिका ५ बोक्से गैरामा भेटिएको छ ।

मृतक गौतमको घाँटी रेटिएको र शरीरको अन्य भागहरुमा पनि धारिलो हतियार प्रहार गरिएको निशाना भेटिएका छन् । लुटपाट पछि उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

बिहिबार साँझ सडकको बीच भागमै मृत अवस्थामा उनको शव देखेपछि ट्याक्टर चालकले प्रहरीलाई खबर गरेका थिए । सोही खबरपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाका बारेमा अनुसन्धान भइरहेको बागलुङका प्रहरी नायव उपरिक्षक प्रेमबहादुर बस्नेतलेे जानकारी दिए ।
रोसन तिवारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment