+
+

आइतवारका दैनिक पत्रिकामा बिजनेश खबर

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १५ गते ७:०१

आइतवार राजधानीबाट प्रकाशित हुने आर्थिक क्षेत्रका पत्रिकाहरुले छिट्टै नै पीटीए र पीडीए हुने, मलुकभर रासायनिक मलको अभाव, निगमको हवाईभाडा बृद्धि लगायतका खबरहरु प्रकाशित गरेका छन् ।

कारोबार दैनिकमा ‘पीटीएमा उत्पादन पनि जोड्नुपर्ने भारतीय अडान’ शीर्षकमा मुख्य खबर छापेको छ । नेपालले प्रसारण र वितरणलाई मात्र समेटेर विद्युत ब्यापार सम्झौता (पीटीए) गर्न प्रस्ताव गरे पनि भारतले विद्युत उत्पादनलाई समेत यसैमा समावेश गर्नुपर्ने अडान राखेको छ ।
यस्तै, सडक अवरोधले हवाई चाप, नेपालतिर सुख्खा-सीमापारि गुलजार, प्रधानमन्त्रीलाई पीडीए सिफारिस बुझाइयो, औद्योगिक करिडोरको उत्पादन कटौती लगायतको खबर कारोबार दैनिकमा छ ।

आर्थिक दैनिकले ‘४५ दिनभित्रै पीटीए र पीडीए हुने’ खबर प्रकाशित गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको अवसरमा ४५ दिन भित्र सम्पन्न गर्ने भनिएको नेपाल भारत ऊर्जा ब्यापार सम्झौता निर्धारित समयभित्रै हुने भएको हो ।

यस्तै, विनोद चौधरीले खुलेआम ७० करोड विदेश पुर्याए, खप्तड क्षेत्र पर्यटन विकास समितिमा भ्रष्टलाई अध्यक्ष बनाउने तयारी, विद्युत महसुल बृद्धि गर्ने विषयमा आयोग र प्राधिकरणको राय बाझियो, बस्नेत संलग्न कर्जामा २०प्रतिशतको सहुलियत माग लगायतको खबर आर्थिक दैनिकमा छ ।

अन्नपूर्ण पोष्टले ‘मुलकभर रासायनिक मल अभाव’ शीर्षकको खबरलाई प्रमुख खबर बनाएको छ । पानी नपर्दा समयमा रोपाईं गर्न नपाएका किसानले रासायनिक मल अभावको चर्को समस्या भाग्नु परेको हो ।

यस्तै, बिमा समितिमा अनियमितता-कार्यकारी निर्देशकको नियुक्ति त्रुटिपूर्ण, धुलिखेलमा करोडौंको लगानीमा प्रांगारिक मल कारखाना, अर्थतन्त्रमा यार्साको प्रभावबारे अध्ययन सुरु लगायतको खबर अन्नपूर्ण पोष्टमा छ ।

नागरिक दैनिकले अवैध कामदार फर्किने बेला निगमले हवाई भाडा बढाएको खबरलाई प्रमुख खबर बनाएको छ । नेपाल वायुसेवा निगम -नेवानि)ले मलेसिया-काठमाडौ हवाई भाडा ७० प्रतिशत बढाएको छ ।
यस्तै, विप्रेषणको पैसा जलविद्युतमा, हाइब्रिड मकै विउ १० टन मात्रै, सजावटमा पच्चसी अर्ब लगानी लगायतका खबर नागरिक दैनिकमा छ ।

annpurna-eco

arthik-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?