+
+
Shares

सम्राट सुजको पहिलो शो-रुम पुतलीसडकमा

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १७ गते १८:१०

१७ भदौ काठमाडौं । सम्राट सु प्रालिद्धारा उत्पादित ‘सम्राट सुज’ ब्राण्डका जुत्ता चप्पलको बिक्री वितरण सुरु गरिएको छ ।

Samrat-Shoesकम्पनीले मंगलबार राजधानीको पुतलीसडकमा पहिलो आधिकारीक शो-रुम सञ्चालनमा ल्याएको छ । उक्त शोरुमले उपत्यकाभरी थोक तथा खुद्रा बिक्री वितरण गर्ने कम्पनीले जनाएको छ ।

आधुनिक प्रविधिको प्रयोग गरी स्वदेशमा नै उत्कृष्ट गुणस्तरको जुत्ता तथा चप्पल उत्पादन गरी बिक्रीबितरण गर्ने उद्देश्य रहेको कम्पनीले हाल दैनिक एक सय जोडी गर्दै आएको छ । निकट भविष्यमै दैनिक दुई सय पचास र एक बर्ष भित्रमा दैनिक पाँच सय जोडी उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।

कम्पनीले अहिले छालाजन्य, सावर, तथा कपडाका र्फमल जुत्ता, बुट जुत्ता, स्पोर्ट्स जुत्ता, क्याजुयल जुत्ता र स्कुल तथा कलेज जुत्ताहरु उत्पादन गरिरहेको प्रवन्ध निर्देशक प्रमोदकुमार महतोले जानकारी दिए ।

पहिलो आधिकारीक शो-रुम शुभारम्भको अवसरमा शुभारम्भको दिन ३० प्रतिशत र  साताभर २५ Ü बिशेष छुट दिइने महतोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?