Comments Add Comment

यातायातको भरपर्दाे साधन बन्यो मोटरसाइकल

१८ भदौ, काठमाडौं । नेपाली सडकमा मोटरसाइकलको संख्या १३ लाख ७१ हजार २ सय ६ पुगेको छ । जुन संख्या कुल सवारीको ७८.०९ प्रतिशत हो ।

पछिल्ला वर्षहरुमा मानिसको व्यस्तता बढ्दै जाँदा सवारी अत्यावश्यक सधान बनेपछि मोटरसाइकलको बिक्री उच्च दरले बढेको हो । खासगरी आर्थिक वर्ष २०६६/०६७ देखि मोटरसाइकलको बिक्री उच्च हुन थालेको यातायात व्यवस्था विभागको तथ्यांकले देखाउँछ ।

विभागका अनुसार आव २०६५/०६६ मा ८३ हजार ३ सय ३४ थान मोटरसाइकल दर्ता भएकोमा २०६६/०६७ मा दोब्बरभन्दा पनि बढी एक लाख ६८ हजार ७ सय ७ थान मोटरसाइकल दर्ता भएका छन् ।

सरकारले सवारीलाई विलासिताको वस्तुका रुपमा लिएपनि समयको परिवर्तनसँगै यो अत्यावश्यक बन्दै गइरहेको छ । जसले गर्दा मोटरसाइकल प्रयोगकर्ता दिन प्रतिदिन बढ्दै गइरहेका छन् ।

Registered-MoterBike-at-Nepal

गाडी व्यवसायीका अनुसार नेपालमा सवारीमा लगाइएको भन्सार संसारकै सबैभन्दा उच्च हो । सरकारले मोटरसाइकलमा ८० प्रतिशत र गाडीमा २४८ प्रतिशतसम्म भन्सार लगाउँदै आएको छ । जसले गर्दा यहाँ सवारीको मूल्य अन्य देशको तुलनामा निकै उच्च रहेको स्याकार टे्रडिङका अध्यक्ष सौरभ ज्योति बताउँछन् ।

‘उच्च भन्सारका कारण गाडीहरु धेरै महंगो पर्ने हुँदा मध्यमवर्गीय नेपालीहरुको रोजाइमा मोटरसाइकल पर्न गएका छन्’ ज्यातिले भने- ‘उपभोक्ताले २०/३० लाख रुपैयाँ खर्चेर गाडी खरिद गर्न पो सक्दैनन्, तर एक/डेढ लाख रुपैयाँ खर्च गरेर मोटरसाइकल त खरिद गर्न सक्छन नी ।’

पछिल्ला वर्षहरुमा रेमिट्यान्सको फ्लो बढ्दै जाँदा मोटरसाइकल प्रयोगकर्ताको संख्या पनि बढ्दै जान थालेको पाइन्छ । ‘गाउँ-गाउँमा सडक सञ्जाल पुगेको छ, रेमिट्यान्सका कारण हरेक मान्छेको हातमा पैसा छ, पैसा भएपछि मानिसहरु मोबिलिटीका लागि मोटरसाइकल खरिद गर्न थाले’ ज्योतिले थपे ।

विभागको तथ्यांक हेर्दा आर्थिक वर्ष २०४६/४७ मा नेपालमा ३४ हजार ५ सय ७६ मोटरसाइकल दर्ता भएका छन् । उक्त संख्या सुरुदेखि ०४७ असार मसान्तसम्मको हो । त्यसपछि आव २०४७/४८ मा ५ हजार ६ सय ९७ मोटरसाइकल दर्ता भएकोमा त्यसयता मोटरसाइलको दर्ता बढ्दै गइरहेको छ ।

भर्खरै सम्पन्न आर्थिक वर्षमा भने मोटरसाइकल दर्ता संख्यामा सामान्य गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा १ लाख ७५ हजार ३८१ मोटरसाइकल दर्ता भएकोमा गत आर्थिक वर्षमा १ लाख ६३ हजार ९४५ मोटरसाइकल दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment