Comments Add Comment

आर्यनको घुँडाको हड्डी टुट्यो, तत्काल अप्रेशन गर्न डाक्टरको सल्लाहा

aaryan-sigdel
चलचित्र ‘आवेग’को एक एक्सन दृश्यको छायांकनका क्रममा नायक आर्यन सिग्देल घाइते भएका छन् । बालकुमारीमा छायांकन गर्ने क्रममा आर्यनको घुडामा गम्भिर चोट लागेको छ ।

चलचित्र ‘किस्मत’को समयमा नै समस्या देखिएको उनको घुँडामा ‘आवेग’सम्म आइपुग्दा थप समस्या देखिएको हो । खुट्टा चलाउँनै नसक्ने भएपछि आर्यनलाई सिनेमाका केही सदस्यहरुले घर पुर्‍याएका थिए ।

आर्यनले अनलाइनखबरसँग भने-‘केही दिन अघि एमआरआई गर्दा बाँया खुट्टाको घुँडाको लिगेन्ड्स चुडिएको र कुरकुरे हड्डी भाँचिएको रिपोर्ट आएको थियो । तर सिनेमाको छायांकन सकेर मात्र अप्रेशन गर्ने मनस्थिती बनाएको थियो । आज निक्कै गाह्रो भयो ।’

आर्यन छायांकनका क्रममा घुँडा मारेर बसी उठ्न खोज्दा एक्कासी समस्या आएको हो । आर्यनले समस्या आएको खुट्टा टेक्न नसकेपछि छायांकन समेत प्रभावित भएको छ । आर्यनले भोली बिहानसम्म सामान्य ठिक भए चलचित्र ‘आवेग’को १० दिनको छायांकन सकेर अप्रेशन गर्ने जनाएका छन् । तर उठ्नै नसके अप्रेशनको विकल्प नभएको आर्यनको भनाई छ ।

आर्यन यतिबेला अधिकांश एक्सन सिनेमाको छायांकनमा व्यस्त छन् । उनको ‘अलबिदा’, ‘केसरी’, ‘सेभ द कन्ट्री’ लगायतका चलचित्रमा एक्सन पाटो धेरै छ । फाल्गुनसम्म छायांकनका लागि सेड्यूल नभएको आर्यनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment