
चलचित्र ‘जात्रै जात्रा’को निर्माण टिम सार्वजनिक पहिलो गीत ‘माया पिरिम’ जताततै घन्किन थालेपछि उत्साहित छ । यो गीतको अडियो र भिडियो दुबैलाई दर्शकले रुचाएपछि यसले चलचित्रको व्यापारमा फाइदा पुग्ने विश्वास यसको निर्माणपक्षको छ ।
अहिले हरेक चलचित्रमा लोकलयका गीतलाई समावेश त गरिएको पाइन्छ । तर, सबै गीत हिट भने छैनन् । युटुबको भ्यूजलाई मात्र हिटको मापदण्ड मान्न हुँदैन । चलचित्र ‘जात्रै जात्रा’को गीतलाई केही दिन अगाडि सकिएको फागु पूर्णिमामा दर्शकले पहिलो रोजाइमा राखेका थिए ।
यो गीतमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, बर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बाँनियाको साथमा अतिथी कलाकार नायिकाद्धय करिश्मा मानन्धर, सारा सिर्पाली, निर्देशक निश्चल बस्नेतलाई देख्न सकिन्छ ।
निर्देशक प्रदिप भट्टराइले भने–‘दर्शकले दिनुभएको मायाका कारण अहिले गीतलाई टिकटकमा पनि खुबै रुचाइएको छ । हामी चलचित्रको व्यापारमा गीतको क्रेजले फरक पार्छ भन्नेमा ढुक्क छौ ।’ यो चलचित्र जेठको ३ गतेबाट रिलिज हुँदैछ ।
प्रतिक्रिया 4