+
+
Shares

भोटेकोशी-त्रिशूली विपद्‍सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते ७:११
फाइल तस्वीर

२० असोज, काठमाडौं । ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्‍’ सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दै छ ।

संसद् सचिवालयका अनुसार बैठक मंगलबार बिहान ९ सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभा कक्षमा बस्ने छ ।

बैठकमा ‘जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय र भोटेकोशी-त्रिशूली विपद्’ सम्बन्धमा गृह मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?