Comments Add Comment

कोटेश्वर र बानेश्वर चोकमा ६ महिनाभित्रै आकाशे पुल

११ चैत, काठमाडौं । काठमाडौंमा पैदलयात्रुको मुख्य चहलपहल हुने कोटेश्वर र बानेश्वर चोकमा आकाशे पुल बन्ने भएको छ । पैदलयात्रीलाई समस्या भएको र ट्राफिक जाम व्यवस्थापनमा पनि मुस्किल परेपछि दुबै स्थानमा आकाशे पुल निर्माण गर्न लागिएको हो ।

यहाँ भविष्यमा सजिलै निकालेर अन्यत्र सार्न समेत मिल्ने गरी अस्थायी प्रकृतिको पुल बनाइनेछ । यी दुबै चोकमा अन्डरपास बनाउने योजना पनि रहेकाले स्थायी संरचनासहितको पुल नबनाइने सडक विभागका महानिर्देशक रवीन्द्र श्रेष्ठले बताए ।

फुल बनाउनका लागि सडक विभाग अन्तरगतकोसडक डिभिजन कार्यालय काठमाडौंले निर्माण कम्पनी छानेको छ । तर, ठेक्का सम्झौता हुन बाँकी छ ।

प्रकृति-पवन जेभीले यी दुई स्थानमा पुल तयार गर्नेछन् । अबको एक-दुई हप्ताभित्रै कम्पनीसँग सम्झौता गर्ने तयारीमा विभाग छ ।

सम्झौता भएको ६ महिनमा पुल बनिसक्नेछ । यी पसुल भविष्यमा सजिलै अर्को स्थानमा स्थानान्तरण पनि गर्न सकिनेछ । बानेश्वरको पुलका लागि ३ करोड ५२ लाख र कोटेश्वरको लागि २ करोड ९० लाख रकम खर्च हुनेछ ।

यसअघि काठमाडौं महानगरपालिकाले पनि बानेश्वर चोममा आकाशे पुल बनाउन तयारी गरेको थियो । तर, सुरक्षा निकायले संसद भवनको सुरक्षाको विषय उठाएपछि पुल बन्न सकेको थिएन ।

हाल बानेश्वर र कोटेश्वर चोकमा उपत्यकाकै सबैभन्दा बढी पैदल यात्रुको चाप हुन्छ । कोटेश्वरमा चीन सरकारले रिंगरोड विस्तार गर्दा एउटा आकाशे पुल त बनाएको छ, तर चोकभन्दा निकै पर । जसका कारण यात्रुले त्यसका प्रयोग गर्ने गरेका छैनन् ।

बानेश्वर चोकमा भने ट्राफिक प्रहरीले बाटो काट्ने यात्रुको व्यवस्थापन निकै कठिनसँग गर्ने गरेका छन् । काटेश्वर चाकेमा धेरै जाम हुनुको कारण बाटो काट्ने पैदलयात्रु पनि भएको निश्कर्ष निकालेपछि सरकारले आकाशे पुल निर्माण गर्न लागेको हो ।

हाल जापान सरकारको एक टोलीले कोटेश्वरको जाम घटाउनेबारे अध्ययन गरिरहेको छ । उसले विभिन्न विकल्पहरुमाथि रहेर अध्ययन गरिरहेको महानिर्देशक श्रेष्ठले बताए । काटेश्वरको जामलाई हटाउन सुरुङ बनाउने लगायतका विकल्प अघि सारिएको  छ । तर, ठोस निर्णय भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment