Comments Add Comment

बैंकिङ कसुर मुद्दामा १३ जनालाई अदालतमा हाजिर हुन नोटिस

दुई महिलालाई वैदेशिक रोजगारी र अपहरणमा नोटिस

११ चैत, काठमाडौं । सर्वोच्च अदालतले बैंकिङ कसुरको आरोप लागेका विभिन्न फाइनाइन्सका सञ्चालकसमेत १३ जनालाई १५ दिनभित्र अदालतमा हाजिर हुन सोमबार सूचना जारी गरेको छ ।

काठमाडौंमा सञ्चालित जनरल फाइनाइन्सका तत्कालीन सदस्य उमेश श्रेष्ठ, तत्कालीन सुपरभाइजर सरस्वती भट्टराई र संगीता कार्कीलाई अदालतले १५ दिनभित्र हाजिर हुन भनेको छ । ३ जनाविरुद्ध सर्वोच्च अदालतमा बैंकिङ कसुरसम्बन्धी मुद्दा विचारधीन छ ।

सर्वोच्च अदालतले जनकपुर–३, धनुषाकी शालु गोयन्कालाई पनि बैंकिङ कसुर ठगीमा अदालतमा हाजिर हुन भनेको छ ।

त्यस्त,ै सर्वोच्च अदालतले झापाको शिवनगर नगरपालिका–८ का विकास पौडेल र वविता पन्त पौडेललाई पनि बैंकिङ कसुरमा फरार व्यक्ति बताउँदै अदालतको सम्पर्कमा आउन भनेको छ ।

धरान नगरपालिका–१७ का नवीन चोङवाङ, काभ्रेपलाञ्चोक खरेलथोकका अर्जुन लामा, निजगढ गाविस–७ बाराका रामहरि घिमिरे र कामनपा ९ सिनामंगलका बाबुकाजी मुल्मीलाई सर्वोच्च अदालतले बैंकिङ कसुर गरी बेपत्ता बनेका व्यक्तिको सूचीमा राखेको छ ।

त्यस्तै, भोजपुर गोगनेका सुनमन शाक्य, काठमाडौं २९ की अञ्जु पाण्डे पोखरेल र काठमाडौं ३३ डिल्लीबजारका केपी शर्मालाई पनि अदालतले बैंकिङ कसुरको मुद्दामा १५ दिनभित्र अदालतमा हाजिर हुन भनेको छ ।

वैदेशिक रोजगारी र अपहरणमा दुई महिलालाई नोटिस

सर्वोच्चले वैदेशिक रोजगारी व्यवसायी मीना रायमाझीलाई पनि अदालतको सम्पर्कमा नआई वेपत्ता भएको भन्दै १५ दिनभित्र अदालतमा आउन भनेको छ ।

काठमाडौं महानगरपालिका वडा नं ६ निवासी मीनाका नाममा वैदेशिक रोजगार सम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ ।

त्यसैगरी, ताप्लेजुङ सादेला–६ की गोमादेवी माङयु लिम्बुलाई सर्वोच्च अदालतले मानव अपहरण तथा शरीर बन्धन मुद्दामा १५ दिनभित्र अदालतमा हाजिर हुन भनेको छ ।

त्यसैगरी अदालतले चोरी, जबरजस्ती करणी, कर्तव्य ज्यान मुद्दालगायत विभिन्न कसुर लागेका व्यक्तिलाई पनि बेपत्ते सूचीमा राख्दै १५ दिने सूचना प्रकाशित गरेको छ । त्यसरी सूचीमा पर्नेहरु करिब ३८ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment