Comments Add Comment

स्लोभाकियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न चेम्बरको आग्रह

Rajesh-kaji-Shrestha-and-Skoslavia-Ambesdar
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ गणतन्त्र स्लोभाकियाका राजदूत जिग्मुन्ड बार्टोकलार्इ मायाँकाे चिनाे प्रदान गर्दै । तस्वीर : चेम्बर

१९ भदौ काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले स्लोभाकियाका  लगानीकर्ताले नेपालमा लगानी गरेर पर्याप्त फाइदा लिन सक्ने बताएका छन् । नेपालका लागि गणतन्त्र स्लोभाकियाका राजदूत जिग्मुन्ड बार्टोकसँगको भेटवार्तामा श्रेष्ठले यस्तो बताएका हुन ।

अध्यक्ष श्रेष्ठले नेपालमा जलविद्युत, कृषि, पूर्वाधार निर्माण, पर्यटन, हस्तकला उद्योग लगायत सेवा क्षेत्रमा लगानीका लागि प्रशस्त सम्भावना रहेको बताए । उनले नेपालले सन् २०२२ सम्म विकासशील राष्ट्रमा रुपान्तरण हुने लक्ष्य लिएको हुँदा ठूलो लगानी र प्रविधिको आवश्यकता रहेको पनि जानकारी दिए ।

चेम्बरले विदेशी लगानीकर्ताहरुलाई उद्योग स्थापना तथा करलगायतमा आवश्यक सूचनाहरु उपलब्ध गराई सहयोग गर्न तयार रहेको श्रेष्ठले बताए । स्लोभाकियासँगको व्यापार वृद्धि गर्न द्विपक्षीय व्यापारिक प्रतिनिधिहरुको आदान-प्रदान मेला तथा गोष्ठीको आयोजना गर्नुपर्नेमा उनले जोड दिए ।

राजदूत बार्टोकले नेपाल-स्लोभाकिया आर्थिक सम्बन्ध विस्तारका लागि दुई देशबीच दोहोरो कर हटाउनुपर्नेमा जोड दिँदै नेपालले स्लोभाकियाको अटोमोवाईल, मेशीनरी तथा कृषि क्षेत्रको अनुभवबाट लाभ लिन सक्ने बताए । उनले नेपाल चेम्वर अफ कमर्स र स्लोभाकिया चेम्वर अफ कमर्सबीच सहकार्य गर्नुपर्नेमा जोड दिँदै नेपालले शान्ति प्रक्रिया र संविधान निर्माण कार्यका लागि नेपालका निजी क्षेत्र एक हुनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment