+
+

दैनिक डेढ अर्ब रेमिटान्स भित्रिन्छ नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २० गते १८:५३

२० भदौ, काठमाडौं । विदेशमा रहेका नेपालीहरुले दैनिक डेढ अर्ब रुपैयाँ नेपाल पठाउने गरेका छन् । यो तथ्यांकले रेमिटान्सले मुलुकको अर्थतन्त्र जोगाएको पुष्टि गर्छ ।

आर्थिक वर्ष २०७०/०७१ मा ५ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँ रेमिटान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जसलाई दिनमा रुपान्तरण गर्दा नेपालमा हेरक दिन एक अर्ब ४८ करोड रेमिटान्स भित्रिएको हो ।remitance

गत वर्ष नेपालमा भित्रिएको रेमिटान्स सोही वर्षको कूल राष्ट्रिय बजेटभन्दा २३ अर्ब रुपैयाँले बढी हो । तत्कालीन अर्थमन्त्री शंकर कोइरालाले आव २०७०/०७१ का लागि ५ खर्ब १७ अर्ब २४ करोड रुपैयाँको बजेट ल्याएका थिए ।

डलर कमजोर हुँदा रेमिटान्स बढ्यो

राष्ट्र बैंकले नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर कमजोर भएको र विदेशमा काम गर्न जाने कामदारको संख्या पनि बढेकाले रेमिटान्स बढेको हो । श्रम विभागको तथ्यांक अनुसार गत वर्ष ५ लाख २७ हजारे अन्तिम श्रम स्वीकृति लिएका छन् ।

आव २०६९/०७० मा ४ खर्ब २५ अर्ब ९० करोड रुपैयाँ रेमिटान्स भित्रिएको थियो । विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाल भित्रने रेमिटान्सको वृद्धिदर कमजोर हुने बताइरहेका बेला अघिल्लो वर्ष २० प्रतिशतले बढेको रेमिटान्स गत वर्ष २५ प्रतिशतले बढेको छ ।

डलरमा ११ प्रतिशतले बढ्यो

अमेरिकी डलरमा अघिल्लो वर्ष ११.७ प्रतिशतले बढेको रेमिटान्सको वृद्धिदर यो वर्ष १२.३ प्रतिशतले बढेर ५ अर्ब ५४ करोड डलर पुगेको छ ।

भुक्तानी सन्तुलन १ खर्ब २७ अर्ब

रेमिटान्स आप्रवाहमा भएको वृद्धिसँगै भुक्तानी सन्तुलन (देशबाट बाहिरिने र देश भित्रिने रकमबीचको अन्तर) १ खर्ब २७ अर्ब १३ करोड रुपैयाँले बचतमा छ । त्यसैगरी सरकारले सुन र गाडीको आयातमा गरेको कडाईसँगै भुक्तानी सन्तुलनमा व्यापक सुधार भएको हो ।

आर्थिक वर्ष २०६६/०६७ मा भुक्तानी सन्तुलन २४ अर्ब रुपैयाँले ऋणात्मक थियो । उक्त वर्ष ४५ अर्ब रुपैयाँको सुन आयात भएको थियो । राष्ट्र बैंकले बैंकिङ कोटा प्रणालीबाट सुन आयातको व्यवस्था गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?